१४ बैशाख २०८३, सोमबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै – Nigrani Today
ताजा खबर

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

रौतहट, १५ वैशाख ।रौतहटको मौलापुर नगरपालिकाको विकास पुर्वाधार लगायतका बिषयमा अध्ययन एवं अवलोकन गर्नेहरुको बढदै गइरहेका छन् । आज कपिलबस्तु जिल्लाको बुद्धभूमि नगरपालिकाका उपमेयर सहितको ३० सदस्यीय भ्रमण टोलीलाई मौलापुरका मेयर रिनाकुमारी साहले स्वागत गरेकी छन् ।

मेयर साहले भ्रमण टोलीलाई स्वागत गर्दै मौलापुर नगरपालिकामा भएको विकास, सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य, यातायात, आवास निर्माण लगायतका क्षेत्रमा भएको उदहरणीय कार्यको बारेमा समेत जानकारी गराएकी छन् ।

मौलापुर नगरपालिकामा भएको विकास मोडेल कामबाट प्रभावित भई विभिन्न नगरपालिका एवं पालिकाहरुबाट विभिन्न टोलीहरु भ्रमणका लागि आइरहेका छन् । चितवन, कपिलबस्तु, रुपन्देही लगायतका बिभिन्न जिल्लाबाट आउँने भ्रमण टोली मौलापुरको कामबाट प्रभावित भई त्यहाँ लागु गरिएका योजनाहरु समेत आफ्नो पालिकामा लागु गर्ने प्रयास गर्दैआएका छन् ।

मौलापुरको शून्य कर नीति, निःशुल्क बिजुली–पानी, शिक्षा र स्वास्थ्यको बिकास एवं एकीकृत दलित बस्ती निर्माण लगायतका बिकासका कामले देशैभरी चर्चा हुने गरेको छ । नेपालमा मात्र नभई मौलापुरको विकासको कामको बारेमा छिमेकी मुलुक भारतको विहारमा समेत चर्चा हुने गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button