
चन्द्रनगर गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा बरिस्ठ अधिकृत तथा इन्जिनियर राजेश यादवलाई जिम्मेवारी दिइएको छ। निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा नियुक्त यादवलाई गाउँपालिका अध्यक्ष राजकुमार महतो सहित सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीले बधाई तथा सफल कार्यकालको शुभकामना प्रकट गरेका छन ।
सङ्घी मामिला तथा समान्य प्रशासन मन्त्रालयको मिति २०८१/११/१९ को पत्रनुसार स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ८४ को उपदफा (४) अनुसार चन्द्रनगरको आर्थिक तथा प्रशासनिक कार्य गर्ने गरि निमित्त प्रमुख प्रसाशकीय अधिकृतको जिम्मेवारी यादवलाई दिएको हो ।
े
अधिकृत यादवको अनुभव र दक्षताले चन्द्रनगर गाउँपालिकामा विकास र समृद्धि ल्याउने विश्वास व्यक्त गरिएको छ। उहाको नेतृत्वमा गाउँपालिकाका योजनाहरू र कार्यक्रमहरू प्रभावकारी ढंगले अघि बढ्ने आशा गरिएको छ।
अधिकृत यादवले आफ्नो नियुक्ति पछि भन्नुभयो, “म तपाईंहरूको सहयोग र विश्वासले चन्द्रनगरको प्रगतिको लागि कडा मेहनत गर्ने छु।”
चन्द्रनगरका नागरिकहरूको जीवनस्तर सुधार्न र समग्र विकासमा योगदान पुर्याउन अधिकृत यादवको नेतृत्वमा काम गर्न सबैमा उत्साह र आशा रहेको चन्द्रनगरको कर्मचारीहरुको भनाइ रहेको छ।
करिब महिना दिन बढी देखि हाकिम बिहिन चन्द्रनगरमा अधिकृत यादव आएपछी यतिबेला सबै खुसी भएका छन ।