समता स्कूलको ९औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाइयो

सर्लाहीको हरिवनस्थित समता स्कूलले आफ्नो ९औं वार्षिकोत्सव तथा अभिभावक दिवस हिजो धुमधामसँग मनायो। कार्यक्रममा सांस्कृतिक प्रस्तुतिहरूसँगै विद्यालयका विभिन्न व्यक्तित्व र समाजसेवीहरूको सम्मान पनि गरिएको थियो।
कार्यक्रमको अध्यक्षता डाकुर नाथ खतिवडाले गरेका थिए भने प्रमुख अतिथिको रुपमा हरिवन नगरपालिका का मेयर रमेश बुढाथोकी उपस्थित थिए। बिशिष्ट अतिथिहरुमा संस्थापक दिपक संजेल, समाजसेवी र स्कूल निर्माण कमिटीका संयोजक सुकदेव कार्की, र अन्य समाजसेवी तथा शिक्षा प्रेमीहरु – भरत कुमार कार्की, अर्जुन पन्त, चूडामणि वाग्ले, श्यामबाबु कार्की, पूर्व प्रधानाध्यापक जयशंकर सिह, रुद्र पौडेल, मोहनलाल श्रेष्ठ, आरिफ हुस्सैन, सन्जिब भट्टराइ लगायतका व्यक्तिहरूको सहभागिता थियो।
कार्यक्रमको शुरुआत शिक्षकहरूको नृत्य प्रस्तुतिबाट भएको थियो। त्यसपछि, विद्यालयका विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरे। प्रमुख अतिथिहरुले आफ्ना धारणा राख्दै विद्यालयको प्रगति र विद्यार्थीहरूको उज्जवल भविष्यको कामना गरे।
समाजसेविका शम्भु शर्मा, डाकुर नाथ खतिवडा, अनिल हमाल, र ईश्वर भुजेललाई विद्यालयको एक कोठा निर्माणमा गरेका योगदानका लागि सम्मानित गरियो।
समारोहको समापन सम्मान र आभारका साथ गरिएको थियो। यस कार्यक्रममा शिक्षकहरू, अभिभावकहरू र शिक्षा प्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।