२९ कार्तिक २०८२, शुक्रबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
हरिपुरमा ५० प्रतिशत अनुदानमा किसानलाई गहुँको बिउ वितरण शुरू – Nigrani Today
ताजा खबरसमाचारस्थानीय

हरिपुरमा ५० प्रतिशत अनुदानमा किसानलाई गहुँको बिउ वितरण शुरू

सर्लाही २८ कार्तिक ।     सर्लाहीको हरिपुर नगरपालिकामा किसानलाई गहुँ उत्पादनमा प्रोत्साहन गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा उन्नत जातका गहुँका बिउ वितरण सुरु गरिएको छ।हरिपुर नगरपालिका कृषि शाखाको आयोजनामा  ‘बिजय’ र एनएल–९७१ जातका गहुँका बिउ वितरण कार्य थालिएको हो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनय पौडेलका अनुसार कुल ३२ लाख १ हजार रुपैयाँ बराबरको गहुँबिउ किसानलाई वितरण गरिँदैछ। किसानहरूलाई बिजय गहु ६ सय ६८ बोरामा २६ हजार ७ सय २० किलो, एनएल ९७१ जातको गहु २ सय ५२ बोरामा  १० हजार ८० किलो गरि जम्मा ९२० बोरा ३६ हजार ८ सय किलो  वितरण हुने अधिकृत पौडेलले जानकारी दिनुभयो ।

उन्नत जातका यी बिउहरू कृषि सामग्री कम्पनी, बागमती प्रादेशिक कार्यालय हेटौडाबाट खरिद गरिएको हो। समयमै बिउ उपलब्ध गराएपछि किसानहरू आगामी गहुँ खेतीमा सहज हुने अपेक्षा नगरपालिकाले गरेको छ।

नगरपालिकाले कृषि उत्पादन वृद्धि, किसानलाई प्रविधिमैत्री बनाउने तथा खाद्यान्नमा आत्मनिर्भरताको लक्ष्यसहित अनुदान कार्यक्रम निरन्तर सञ्चालन गर्दै आएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button