२८ कार्तिक २०८२, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा औद्योगिक तथा व्यावसायिक विकासका लागि अन्तरक्रिया सम्पन्न – Nigrani Today
ताजा खबरसमाचारसमाजस्थानीय

सर्लाहीमा औद्योगिक तथा व्यावसायिक विकासका लागि अन्तरक्रिया सम्पन्न

सर्लाही, — जिल्ला सुरक्षा समिति सर्लाहीका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी श्री रामु राज कडरीयाको अध्यक्षतामा आज जिल्लास्थित उद्योग वाणिज्य संघका पदाधिकारी, उद्योगी तथा व्यवसायीहरूको सहभागितामा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

उद्योग तथा व्यवसायको विकासका क्रममा देखा परेका समस्या, शान्ति–सुरक्षा, व्यापार सहजीकरण र समाधानका उपायहरू विषयक छलफलमा सहभागीहरूले आ–आफ्ना धारणा राखेका थिए । कार्यक्रममा उद्योगी व्यवसायीहरूले व्यापारमा देखिएका विभिन्न प्रशासनिक, सुरक्षा र संरचनागत समस्या उजागर गर्दै तिनीहरूको दीर्घकालीन समाधानका लागि पहल गर्न आग्रह गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी कडरीयाले उद्योगी तथा व्यवसायीहरूका समस्या गम्भीर रूपमा लिइने बताउँदै स्थानीय स्तरमै समाधान गर्न सकिने समस्याहरू तत्काल समाधान गर्नेमाथिल्लो निकायको समन्वय आवश्यक पर्ने विषयहरू सम्बन्धित निकायमा पत्राचार गरी पठाइने जानकारी दिए ।

अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले सर्लाहीमा उद्योग र व्यापारका लागि सहज वातावरण निर्माण गर्न जिल्ला सुरक्षा संयन्त्र, सरकारी कार्यालय, उद्योग वाणिज्य संघ र अन्य सरोकारवाला निकायबीच निरन्तर समन्वय र सहकार्य गर्नुपर्ने निष्कर्ष निकालेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button