१ मंसिर २०८२, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम – Nigrani Today
ताजा खबरसमाचारसमाजस्थानीय

सर्लाहीमा सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम

सर्लाही,३० कार्तिक । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम सम्पन्न भएको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं १० गण हेड्क्वाटर सर्लाहीको आयोजनामा सुरु भएको कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं २ छिन्नमस्ता बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कृष्ण ढकालले जेनजी आन्दोलनले देशलाई ठुलो क्षति भएको छ, र यसको मनन राजनीतिककर्मी, नागरिक समाज, पत्रकार र जनता लगायत सबै पक्षले गर्नुपर्ने बताउनुभयो ।

सशस्त्र प्रहरी नायव महानिरीक्षक ढकालले हामी अपेक्षा प्रहरी सँग मात्र गर्छौ, समस्यामा सबैजना हातोमालो गरेर अगाडी बढनुपर्ने उहाले बताउनुभयो ।

उहाले हाम्रो देश सानो छ भने कसैले पनि हेप्न पाउदैनन् सिमाको रक्षा गर्न हामी सबैको दायित्व भएको बताउनुभयो ।
सर्लाहीमा लागू औषधको विकराल समस्या भएको बताउनुभयो ।लागू औषधमा प्रहरीले पैसा खाएको स्विकार गर्न नमिल्ने उहाले बताउनुभयो । किनभने प्रहरी यो विषयमा संवेदनशील छ र लागू औषधमा प्रहरीले पैसा खाएको प्रमाण भेटियो भने त्यस्तो प्रहरीलाई सिधै बर्खास्त गरिने महानिरीक्षक ढकालले बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै ब्रह्म्पुरी गाउँपालिका अध्यक्ष राम पदार्थ साहले सिमा क्षेत्रमा लागु पदार्थ सेवन कर्ताको संख्या बढदै गएको छ ।युवाहरू कुलतमा फसेका छन । सिमा क्षेत्रको विकृति रोक्न प्रहरी, जनप्रतिनिधि, अभिभावक र स्थानीय सबै जना हातोमालो गरेर अगाडी बढ्नुपर्ने बताउनुभयो ।

त्यस्तै बलरा नगरपालिकाका नगर प्रमुख सिमा क्षेत्रका नेपालका नागरिकलाई व्यपार गर्न गा¥हो भएको र विकास निर्माणको कार्यमा गिट्टी बालुवा ल्याउदा सशस्त्र प्रहरीले अबरुद्ध गर्ने गरेको बताउनुभयो ।

सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम २६ गते देखि संचालन भएको आयोजकले जनाएको छ।

कार्यक्रममा कौडैना गाउँपालिका अध्यक्ष रुपेश कुमार यादव, प्रमुख प्रशासकीय अधिकृत सुरेश दास, सशस्त्र प्रहरी सर्लाहीका प्रमुख देव बहादुर चन्द, बलरा नगर उपप्रमुख कोशिला देवी, सिमा क्षेत्रमा रहेका नेपाल भारतका वडा अध्यक्ष लगायत विभिन्न व्यक्तिको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button