१ मंसिर २०८२, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
मुख्यमन्त्री नियुक्तिमा असन्तुष्ट रहेका ७ राजनीतिक दलले सर्लाहीमा खबरदारी जुलुस निकाले – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारस्थानीय

मुख्यमन्त्री नियुक्तिमा असन्तुष्ट रहेका ७ राजनीतिक दलले सर्लाहीमा खबरदारी जुलुस निकाले

सर्लाही सदरमुकाम मलंगवामा ७ राजनीतिक दलले असंवैधानिक मुख्यमन्बी र सभामुखको असंवैधानिक कदम लेखिएको ब्यानर सहित खबरदारी जुलुस निकालेको छ । मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति र सभामुख विरुद्ध ७ राजनीतिक दलले आन्दोलन जारी राखेका छन् ।

मधेसमा मुख्यमन्त्रीको नियुक्ति असंवैधानिक रहेको र सभामुखले पदीय आचरण विपरीत कार्य गरेको विरोधमा राजनीतिक दलहरूले कार्यकर्ता उतारेर आइतवार पनि मलंगवामा खबरदारी जुलुस निकालिएको छ ।

शनिवार पनि मुख्यमन्त्री नियुक्तिमा असन्तुष्ट रहेका ७ राजनीतिक दलले सर्लाही सदरमुकाम मलंगवामा मसाल जुलुस निकालेका थिए । तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभामा सबैभन्दा ठुलो दलका संसदीय दलका नेताको हैसियतले नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादवलाई कार्तिक २३ गते मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् भने २४ गते एक होटलमा शपथग्रहण गराएकी थिइन् ।

सात दलले ७४ जना प्रदेश सभाको समर्थन रहेको भन्दै संविधानको धारा १६८ को उपधारा २ को आधारमा बहुमतीय सरकार बनाउन प्रदेश प्रमुखलाई आग्रह गरेका थिए तर उपधारा २ अनुसार सरकार बन्ने अवस्था हुँदाहुँदै गलत नियतले उपधारा ३ प्रयोग गरेर एमालेको नेतृत्वमा सरकार बनाएको भन्दै ७ दलका नेताहरू विरोध प्रदर्शनमा उत्रेको नेकपा माओवादीका महाधिवेशन आयोजक समिती सदस्य प्रमोद साहले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button