१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
बृक्षारोपण कार्यमा जुटे माओबादी कार्यकर्ता  – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारस्थानीय

बृक्षारोपण कार्यमा जुटे माओबादी कार्यकर्ता 

भक्ति रिजाल
सर्लाही,४ श्रावन । माओवादी केन्द्र निकट युबाहरुले हरिवन नगरपालिका ११ मा बृक्षरोपण कार्यको सुरुवात गरेका छ्न ।

पार्टी निकट युबाहरुको समुहले आफ्नै लगानीमा बिबिन्न जातका बिरुवा आज बाट रोप्न सुरु गरेका हुन ।

पर्याबरण सफा भए समग्र मानबजातिको हित हुने कुरालाइ मध्यनजर गर्दै आफुहरुले वडा नम्बर ११को मुसलमान बस्तीका बाटा छेउमा कसैको मुख नताकी आफ्नै लगानी र श्रमदानमा बिरुवा रोप्न सुरु गरेको युबा शेख इस्तियाजले जानकारी दिए ।

बृक्षरोपण कार्यको उद्घाटन नेकपा माओबादी केन्द्रका जिल्ला सचिब कमल बुढाथोकीले गरेका थिए ।

उक्त कार्यक्र्ममा जिल्ला समन्वय समितिकी उप संयोजक जमुना पौडेल, नेता बच्चु शेख लगायत स्थानिय कार्यकर्ताहरुकोको उल्लेख्य उपस्थिति रहेको शेखले बताए ।

बृक्षारोपण कार्यक्रम केही दिन सम्म चल्ने युबा शाहिल हुसेनले जान्कारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.