ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय
पोखरीमा डुबेर आमा,छोरी र छोराको मृत्यु
सर्लाही ,१३ साउन। सर्लाहीको ब्रहम्पुरी गाउँपालिकामा पोखरीमा डुबेर आमा,छोरी र छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा ब्रहम्पुरी गाउपालिका वडा नं ३ बस्ने
आमा रितेवा देवी कापर र कापरकै डेढ वर्षीया छोरी र १० दिनको नवजात शिशु छोरा रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । आधारमा बुधबार बिहान करिब ९ बजेको समयमा नेपाल प्रहरी र बिओपी त्रिभुवननगरबाट खटिएका सशस्त्र प्रहरीको संयुक्त टोलीले घटनास्थलमा पुगेर शवलाई पोखरीबाट निकालेका थिए ।
घट्ना के कति कारणले हुन गएको हो ? यो अनुसन्धानको विषय भएकोले मृतक महिलाका श्रीमान् सम्पर्कमा आएपछि मात्र बिस्तृत जानकारी प्राप्त हुने जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी माधव बुढाथोकीले जानकारी दिए ।