
गैर,१३ साउन।लालबन्दी साझेदारी वन व्यवस्थापन समुहकाे अध्यक्षमा जसपा युवा नेता अजय यादव निर्विरोध निर्वाचित भएको छ।
सर्लाहीको कविलासी नगरपालिका वडा नं ७ स्थित गैर माविमा लालबन्दी साझेदारी वन व्यवस्थापन समुहको मुल समिति बैठक भेलाले यादबलाई निर्विरोध अध्यक्ष पद मा निर्वाचित गरेको आयोजकले जनाएको छ।
कार्यक्रममा प्रदेश नं २ मामिला सभापती, तथा प्रदेश नं २ का प्रदेश सभा सदस्य अशोक यादव , डिभिजन वन कार्यलय प्रमुख :माधव प्रसाद देव लगायत साझेदारी वन व्यवस्थापनका सदस्यहरूको उपस्थिती रहेको थियो ।