१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
ट्रिपरको ठक्कर बाट नवलपुरमा एक युवकको मृत्यु ,आक्रोशित भिड नियन्त्रण गर्न १० राउण्ड अश्रु ग्यास फायर – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

ट्रिपरको ठक्कर बाट नवलपुरमा एक युवकको मृत्यु ,आक्रोशित भिड नियन्त्रण गर्न १० राउण्ड अश्रु ग्यास फायर

प्रेमनाथ पौडेल
सर्लाही,३० साउन । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. १ नवलपुरमा ट्रिपरको ठक्कर बाट एक युबकको मृत्यु भएको छ ।पुर्व पश्चिम लोकमार्ग अन्तरगत लालबन्दी वगा नं. १ नवलपुर बजार अगाडि ट्रिपरले घाँस लिएर आउदै गरेको साईकल यात्रीलाई ठक्कर दिदा साईकल चालकको घटना स्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

लालबन्दी तर्फ बाट साईकलमा घाँस लिएर नवलपुर चौक तर्फ आउदै गर्दा पुर्ब बाट पश्चिम तर्फ आउदै गरेको १४ चक्के कोईला बोकेको ना ७ख ८२९३ नम्बरको ट्रिपरले शुक्रबार दिउँसो करिब ३ बजेको समयमा साइकललाई ठक्कर दिदा साईकल चालक लालबन्दी नगरपालिका वडा नं. २ जुटपानी बस्ने ४० बर्षिय रामगणेष महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्क महतोको मृत्यु भएपछि मृतकका आफन्त र आक्रोशित समूहले सडक अबरुद्द गर्दै ठक्कर दिने गाडीमा आगजनी गर्न लाग्दा प्रहरीले भिड र आगो लाई नियन्त्रणमा लिनको लागि १० राउण्ड अश्रु ग्यास फाएर गरेको प्रत्यक्षदर्शीले बताएका छन । समाचार तयार गरुन्जेल सम्म पनि आक्रोसित समूह लास सडक मै राखी सडक अबरुद गर्दै नाराबाजि गरे दोषी लाई कार्बाही र क्षतिपुर्तिको माग गर्दै सडकमा टायर बालेर अबरुद्द गरेका थिए ।

घटना स्थलमा सुरक्षा दिनको लागि सयौ सुरक्षा कर्मी परिचालन गरिएको र घतनाको बारेमा ईलाका प्रहरी कार्यालय नवलपुरमा बार्ताको लागि बैठक बसे पनि बैठक निस्कर्षमा पुग्न नसक्दा सयौ सवारी साधन र हजारौ यात्रुहरु गन्तव्य स्थानमा पुग्न नसकी अलपत्र परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.