९ चैत्र २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
तलब पाउने प्रतिबद्धता पाएपछी हरिपुर्वाका शिक्षकको विरोध कार्यक्रम स्थगित – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

तलब पाउने प्रतिबद्धता पाएपछी हरिपुर्वाका शिक्षकको विरोध कार्यक्रम स्थगित

सर्लाही,१ कार्तिक । सर्लाहीको हरिपुर्वा नगरपालिकाको शिक्षकहरु बिगत ५ दिन देखि आन्दोलित भएका थिए । हरिपुर्वाका नगर प्रमुख विनोद साह लगायक अन्य जनप्रतिनिधिहरुले शिक्षकहरुको तलब शुक्रवार सम्म जाने प्रतिवद्धता गरेपछी हरिपुर्वाका शिक्षकहरुले आन्दोलनका कार्यक्रम मंगलवार बाट स्थगित गरेको छ ।

नगरपालिकाले प्रथम त्रैमासिक तलब भत्ता नदिएको भन्दै हरिपुर्वाका विद्यालयका शिक्षकहरु असोज २७ गते देखि नै आन्दोलित बनेको थियो । दशै विदा सकिसके पनि तलब भत्ता नपाएपछी शिक्षकहरु ३ दिन देखि धर्नामा बसेको केश्वर गरिब जन्ता माविका शिक्षक संजय कुमार यादवले आरोप जानकारी दिए । नगरप्रमुख साह र अन्य जनप्रतिनिधिहरुले आफुहरुको तलब भत्ता शुक्रवार सम्म खातामा जाने प्रतिवद्धता गरेपछी आन्दोलनको कार्यक्रम स्थगित गरिएको शिक्षक यादवले जनाएको छ ।

मंगलवार नगरपालिकामा तालाबन्दी गर्ने योजना भएपनि शिक्षकको माग प्रति नगर प्रमुख गम्भिर भएको हुदाँ आन्दोलनको सम्पुर्ण कार्यक्रम स्थगित गरिएको रामजानकी माविका शिक्षक चितरन्जन सिंहले बताए ।
हरिपुर्वा नगरपालिकाले अहिले सम्म पनि बजेट ल्याउन सकेको छैन ।

नगर प्रमुख साहका अनुसार जनप्रतिनिधिहरु नगरसभा प्रति गम्भिर नभएकोले समयमै नगर सभा नहुदाँ शिक्षकहरुको तलब भत्ता रोकिएको बताउनुभयो । आफु नगर सभा गराउन प्रयासरत छु, अब शिक्षकहरुको समस्या समाधान हुने नगर प्रमुख साहले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

आफुहरु पटक पटक कार्यपालिका बैठक बसी नगर सभाको लागि प्रयास गरे पनि अलपमतमा परेर नगर सभा गराउन असफल भएको नगर प्रमुख साहको भनाइ छ । असोज ५ गते देखि नगर सभाको लागि एक किसिमको समझौता भएपनि विभिन्न मितिमा नगरसभाको लागि बैठकको समय तोकेपनि जनप्रतिनिधिहरु बैठकमा सहभागी नभएको हुदा नगर सभा रोकिएको नगर प्रमुख साहले बताउनुभयो

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.