१३ चैत्र २०८०, मंगलवार | Email:- [email protected] | [email protected]
समाजसेवी साहले निःशुल्क न्यानो कपडा वितरण गरेपछि स्थानिय खुसी – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

समाजसेवी साहले निःशुल्क न्यानो कपडा वितरण गरेपछि स्थानिय खुसी

सर्लाही,२६ पुष । नेपाल रेडक्रस सोसाईटी बरहथवा उपशाखाका सभापति जगन्नाथ साहले चिसो प्रभावित परिवारलाई न्यानो कपडा वितरण गर्नुभएको छ ।उहाँले जिल्लाको दक्षिण पश्चिममा अवस्थित गोडैता नगरपालिकाको वडा नम्बर ४ रोहुवाका १ सय २०लाई निःशुल्क न्यानो बल्यांकेट वितरण गर्नुभएको छ ।

उहाले दलित, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरीकत, एकल महिला तथा विपन्न परिवारलाई व्यक्तिगत खर्चमा बल्यांकेट वितरण गर्नुभएको हो । निःशुल्क बल्यांकेट पाएपछि स्थानियहरु खुसी भएका छन । स्थानियहरुले समाजिक अभियन्ता साहलाई धन्यवाद समेत दिएको छ ।

हाल बरहथवा बसोवास गर्दै आउनुभएका साह पहिले रोहुवा निवासी हुनुहुन्थ्यो । चिसोका कारण तराईको जनजीवन अत्यन्त कष्टकर भइरहेको समयमा आफ्नै गाउँका चिसो प्रभावितहरुलाई चिसोबाट जोगाउने प्रयास स्वरुप व्यक्तिगत खर्चमा बल्यांकेट  वितरण गरेको साहले बताउनुभयो ।

उहाँले सोही वडाका वडा अध्यक्ष राजाराम साह, पुर्व रोहुवा गाविस अध्यक्ष रामप्रवेश साह, स्थानीय रामबाबु साह तथा अन्य प्रवुद्ध व्यक्तिहरुको रोहवरमा रोहुवाको विपन्न वस्तीमै पुगेर कम्बल वितरण गर्नुभएको वडा कार्यालयले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.