२१ पुष २०७८, बुधबार
ताजा खबरसमाचारसमाजस्थानीय

बेड नम्बर २९६ : सर्लाहीका सुरेश साहको दुःखको रामकहानी

काठमाडौं,१७ पुस । त्यो दिन कस्तो होला, जब सुरेश साह झिटीगुन्टा च्यापेर आफ्नी श्रीमतीका साथ वीर अस्पतालको मूल ढोकाबाट बाहिरिनेछन् । कलंकी पुगेर रात्रीबस चढ्नेछन् । रातभरको यात्रापछि आफ्नो घर(आँगन टेक्नेछन् । महीनौंदेखि विछोडिएका लालाबालालाई स्नेहपूर्वक अँगाल्नेछन् । र, उमंग अनि फूर्तिको भावमा भन्नेछन्, ‘देख्यौं, तिमीहरुको आमालाई बचाएँ । उनी निको भइन् । अब आमा बोल्न सक्छिन् । अनि सधैंभरि तिमीहरुसँगै हुनेछिन् ।’

त्यस पल उनले भुल्नेछन्, वर्षौं-वर्षदेखि अस्पतालमा बिताएका अनिंदा रातहरु । उपचारका लागि सिध्याएको भएभरको घर(बारीहरु । दुनियासँग हारगुहार गर्दै काढेको ऋणहरु । उनलाई खुशीले नाचौं, नाचौं लाग्नेछ । जोड-जोडले गीत गाउन मन लाग्नेछ ।तर, यो जुनीमा सुरेश साहलाई यस्तो घमाइलो दिनले पर्खिरहेको छ वा छैन ।

किनभने उनको जीवनमा अझै पनि निष्पट अँध्यारो छ । हरेक बिहानी दुःखको सुस्केराले उनको जीवनमा कोलाहल मच्याउन थाल्छ ।पाँच जना बालबच्चालाई एक बोरा चामल र दुई हजार रुपैयाँ छाडेर सर्लाहीबाट श्रीमतीको उपचारका लागि काठमाडौं आएका थिए, उनी । हप्तौं भइसक्यो, उपचार भएको छैन । घरमा चामल सकियो होला । बालबच्चा के खाँदै होलान् र? सम्झिएर उनको मन चिरिन्छ । यता दिनदिनै रोगले गलाउँदै गएको श्रीमतीलाई देखेर उनी अत्तालिन्छन् । कसरी यो विपत्तिलाई सम्हाल्ने हो र?

औसतभन्दा होचो ज्यान । मधेशी वर्ण । अनपढ । यो शहरले उनी जस्ता मान्छेलाई मान्छे गन्दैन । उनको आवाज सुन्दैन, उनको व्यथा बुझ्दैन । कसरी खर्च जुटाउँदा हुन् रु कसरी रगत र खानेकुरा जोहो गर्दा हुन् रु कसरी औषधिपानी खोज्दा हुन् र?

दुःखको रामकहानी

बनीबुतो गरेर जेनतेन गुजारा गर्दै आएका थिए, सुरेश साह । सर्लाहीको गाउँमा सानो झुपडी थियो । दिनभर मेलापात गर्थे । त्यसैबाट जुटाएको पैसाले परिवारको छाक टार्थे।

ज्याला मजदूरीको टुंगो नहुने । कहिले कहाँ पुग्नुपर्ने, कहिले कहाँ । काम खोज्दै बिहार पुगे । धूलो(माटोमा काम गरिरहँदा उनको दृष्टि गुम्यो । अपाङ्ग भएर घर फर्किए । संयोगले निशुल्क आँखा शिविरमा पुगे । आँखाको शल्यक्रिया भयो ।

फेरि उसैगरी ज्याला मजदूरी गर्न थाले । तर, दुःखले कहाँ छाड्छ र

श्रीमतीको स्वर नै हरायो । राति बाघ घुरे झैं घ्वाँर(घ्वाँर आवाज आउने । न बोल्न मिल्ने, न सास फेर्न । श्रीमतीलाई रोगले च्याप्दै गयो । उनले ऋणपान गरे । बिहारको एक निजी अस्पताल पुर्‍याए । १६ दिनसम्म त्यही भर्ना गरियो । अनेक जाँच गरियो । त्यहाँबाट फर्कंदा उनको झोलाभर औषधि थियो, तर समस्या ज्यूँका त्यूँ ।

अस्पतालका चिकित्सकले भनेका थिए, ‘यस्तो त क्यान्सर हुनसक्छ । नेपालकै क्यान्सर अस्पतालमा लगेर जाँच्नु ।’

उनले श्रीमतीलाई भरतपुर क्यान्सर अस्पताल पुर्‍याए । हप्ता बित्यो । रोग पत्ता लागेन । दुई हप्ता बित्यो । तब भनियो, क्यान्सर लागेको छैन । घरबार छाडेर हिंडेको महीनौं भयो । रोग पत्ता लाग्दैन ।

उपचारकै खोजीमा उनीहरु एक निजी अस्पताल पुगे । त्यहाँ बल्ल थाहा भयो, त्यो थाइराइडको समस्या हो । अब यसैको उपचार गर्नुपर्ने भयो । तर, त्यहाँ उपचार गर्नै नसकिने । अस्पतालको बेडमा भर्ना भएको एक रातकै हजारौं रुपैयाँ लाग्छ भनेपछि सुरेश साहको हातखुट्टा गल्यो ।

अब के कसो गर्ने हो रु उनले मेलो पाएनन् । कसैले सुझाए, काठमाडौंमा जानु । वीर अस्पतालमा उपचार गराउँदा धेरै खर्च लाग्दैन ।

अनि घर बेचे

यसै त गरीब, ऋणपान पत्याइदिने कोही थिएनन् । यसै त एक्लो, साथ(सहयोग गरिदिने कोही थिएनन् । यसै त निर्धो, भनसुन गरिदिने कोही भएनन् । आफूसँग भएको सानो झुपडी बेचे । आफूलाई ओत लाग्न अर्कैको जग्गामा सानो झुपडी बनाए । बालबच्चालाई त्यहीं छाडे अनि काठमाडौं आए ।

रात्रि बसमा चढेर, रातभरको यात्रा गरेर, रोगी श्रीमतीलाई काठमाडौंसम्म ल्याउन कम्ता सास्ती थिएन । काठमाडौं कहिल्यै देखेका थिएनन् । कहाँ जाने, कसलाई सोध्ने टुंगो थिएन । बिहान झिसमिसेमा बसले कलंकी ल्याएर उनीहरुलाई उतारिदियो ।

रनभुल्ल परेर बाटोको छेउमा बसे । वीर अस्पताल जानुपर्ने । कताबाट जाने, कुन गाडी चढ्ने रु थाहा छैन । एउटा माइक्रोबस आयो, रत्नपार्क(रत्नपार्क भन्दै । उनले ‘वीर अस्पताल जान्छ’ भनेर सोधे । सहचालकले ‘जान्छ(जान्छ’ भन्दै चढाए ।

शहरको भीडमा ल्याएर उनीहरुलाई उतारिदियो । खोइ त वीर अस्पताल रु उनले सोधे । सह चालकले जवाफ दिएनन् ।

माइक्रोबस हुँइकियो । सोध्दै(खोज्दै जाँदा कसैले भन्यो, ‘यहाँ नजिकै हो । त्यहाँबाट हिंड्दै गए पुगिन्छ ।’

शिथिल भइसकेकी श्रीमतीलाई डोर्‍याउँदै उनी वीर अस्पतालको सम्मुखमा पुगे । अस्पताल खचाखच थियो । कहाँ गएर भर्ना गर्ने, कसरी गर्ने रु उनले भेउ पाएनन् । रातभरको अनिंदो । आफैं पनि बिरामी झैं भएका थिए । एक छेउमा ओढ्ने(ओछ्याउने राखे । श्रीमती त्यहीं ढल्किइन् । उनलाई सास फेर्न नै गाह्रो भइसकेको थियो । घाँटीबाट घ्याँर(घ्याँर आवाज अरु जोडले आइरहेको थियो ।

त्यहाँ कसैलाई कसैको सरोकार छैन । कसैले सोधीखोजी गर्दैनन् । देखेर पनि नदेखे झैं गर्छन् मान्छेहरु । दिन ढल्दैछ । अनिंदो, चिसो र दिनभरको धपेडीले श्रीमतीको पीडा अरु बढेको छ । अस्पतालसम्म पुर्‍याएपछि कसै न कसैले त साथ सहयोग गर्छ भन्ने लागेको थियो उनलाई । तर, वीर अस्पतालको भीडभाडमा उनी आफूले आफैंलाई नचिन्ने भए ।

उनको त्यो बिजोग देखेर हुनुपर्छ, एक चिकित्सक नजिक आए र सोधीखोजी गरे । चारतिरको दौडधूपपछि बल्ल उनले आफ्नो बिरामी भर्ना गर्न सके ।

बेड नम्बर २९६

वीर अस्पताल । ईएनटी वार्डको बेड नम्बर २९६ । कौशिलादेवी साहलाई थाहा छैन, कहिलेसम्म यो शय्यामा रात कटाउनुपर्ने हो ।

झाडु(कुचो लगाउनेहरुको चर्को आवाजसँगै उनको निद्रा भंग हुन्छ । हत्तपत्त आफू सुतिरहेको ‘बेड’ छाडिदिनुपर्छ । डाक्टर(नर्स आउँछन् । उनकी रोगी श्रीमतीको जाँच गर्छन् । अनि उही कुरा सोध्छन्, ‘रगत पायो रु’

सुरेश साहलाई यसो भनिरहँदा आफू साह्रै निमुखा भएको बोध हुन्छ, ‘हिजो पनि पाइएन । खोज्न त दिनभर खोजें ।’
डाक्टर भन्छन्, ‘अझै पनि अप्रेशन गर्न संभव छैन । किनभने तिम्रो श्रीमतीको शरीरमा रगतको मात्रा एकदमै कम छ । ताकत छैन ।’

उनी बिहानै रगत खोज्न निस्कन्छन् । कहिले पाटन, कहिले भक्तपुर । कहाँ जाने, कसलाई भेट्ने, के भनेर माग्ने रु उनले राम्ररी मेलोमेसो पाउँदैनन् । दिनभर कहाँ(कहाँ पुग्छन् र साँझ रित्तो हात फर्कन्छन् । त्यसपछि डाक्टरले थमाइदिएको प्रेस्किप्सन बोकेर कहिले टिकटको पंक्तिमा उभिनुपर्छ, कहिले औषधि पसल चहार्नुपर्छ ।

उनकी श्रीमतीको स्वरनलीको जटिल शल्यक्रिया गर्नुछ । शल्यक्रिया गर्नुअघि उनको सम्पूर्ण शरीर बेहोस बनाइनेछ । त्यसपछि उनको घाँटीमा चिकित्सकले कैंची र छुरा चलाउनेछन् । तर, त्यो रोगी त्यसमाथि कमजोर ज्यानले यी सबै कुरा खेप्न सक्छन् रु

चिकित्सकको प्रारम्भिक रिपोर्टले देखाएको छ, सक्दैन । उनको रोग हटाउन जटिल शल्यक्रिया गर्नैपर्छ । जबकि अझै पनि उनको शरीर त्यस्तो शल्यक्रियाको लागि तयार छैन । कुपोषित र कमजोर ज्यान कुनै पनि क्षण जोखिममा पर्न सक्छ । त्यसैले शरीरमा ताकत आएपछि र रगतको मात्रा पुगेपछि उनको शल्यक्रिया गर्ने भनी चिकित्सकले भनेका छन् ।

एकातिर बुढीको हाल यस्तो छ । अर्कोतिर घरमा बालबच्चा कसरी रात कटाइरहेका होलान् भन्ने कुराले पनि उनलाई कम्ता पिरोलेको छैन । केही समयअघि घरमा फोन गर्दा १० वर्षको छोरोले रुँदै भनेको थियो, ‘आमालाई कहाँ लगेको रु छिट्टै ल्याइदेउ ।’

उनीहरु देउता थिए

वीरको सोही वार्डमा एकजना बिरामी भर्ना भएका थिए । उनीहरु को थिए, कहाँ गए रु सुरेश साहलाई स्पष्ट थाहा छैन । उनले नाम र फोन नम्बर त टिपेर राखेका थिए । तर, त्यो कागजको टुक्रो हरायो ।

उनीहरू डिस्चार्ज भएर घर जानुअघि सुरेश साहलाई बोलाए । २० हजार रुपैयाँ नगद दिए, उपचार गराउनु भन्दै । त्यसपछि उनलाई केही लुगाफाटो किनिदिए । उनकी रोगी श्रीमतीका लागि साडी किनिदिए । सुरेश साहले चिताएका थिएनन्, यो शहरमा यति मनकारी मान्छे पनि छन् । ‘उनीहरु देउता थिए’ सुरेश साहलाई यस्तै लाग्छ । स्राेत : अनलाइन खबर ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button