नेपाल पब्लिक क्याम्पस संघ सर्लाहीको अध्यक्षमा बिरेन्द्र चौधरी निर्वाचित

नेपाल पब्लिक क्याम्पस संघ सर्लाहीको अध्यक्षमा जनज्योती बहुमुखी क्याम्पस लालबन्दीका प्रिन्सिपल बिरेन्द्र चौधरी निर्वाचित हुनुुभएको छ । जनज्योती बहुमुखी क्याम्पस लालबन्दीको आयोजनामा आज नेपाल पब्लिक क्याम्पस संघको ३५ औं वार्षिकोत्सव बाट सर्व सहमतीमा चौधरी निर्वाचित हुनुुभएको हो ।
त्यस्तै नेपाल पब्लिक क्याम्पस संघ सर्लाहीको सचिवमा संजय प्रसाद साह,कोषाध्यक्षमा विनोद राउत, सदस्यहरुमा पुष्प बहादुदर श्रेष्ठ, बिनोद कुमार रिजाल,नवराज प्रसाई लगायतत ७ सदस्य समिति गठन गरिएको छ ।
नेपाल पब्लिक क्याम्पस संघको वार्षिकोत्सव जनज्योती बहुमुुखी क्याम्पसको सभाहलमा भएको थियो । वार्षिकोत्सवबाट सर्लाही, रौटहट र महोतरीका लागि नेपाल पब्लिक क्याम्पस संघको नयाँ पदाधिकारी चयन गरिएको हो ।
यसैगरी नेपाल पब्लिक क्याम्पस संघ रौतहटको अध्यक्षमा रामप्रवेश यादव, उपाध्यक्षमा उमेश कुमार मण्डल, सचिवमा परशुराम राउत, कोषाध्यक्षमा पवन कुुमार चौधरी, सदस्यहरुमा राम प्रकाश यादव, अमृत केसी, जनकनारायण चौधरी चयन हुनुुभएको छ ।
त्यस्तै नेपाल पब्लिक क्याम्पस संघ महोत्तरीको अध्यक्षमा चेत बहादुर खडका, सचिवमा रामगोपाल यादव, कोषाध्यक्षमा अजय झा, सदस्यहरुमा उमेश चौधरी, हरि प्रसाद खनाल, प्रमोद मण्डल चयन हुनुुभएको छ ।
यसैगरी तिन वटै जिल्लाको लागि नेपाल पब्लिक क्याम्पस संघको सल्लाहकार समिति समेत चयन गरिएको जनज्योती बहुमुखी क्याम्पस लालबन्दीले जनाएको छ ।