१७ श्रावण २०८२, शुक्रबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
अस्थाई ट्राफिक प्रहरी पोष्ट, फुलजोरको नवनिर्मित प्रशासनिक भवनको समुद्घाटन समारोह सम्पन्न – Nigrani Today
ताजा खबर

अस्थाई ट्राफिक प्रहरी पोष्ट, फुलजोरको नवनिर्मित प्रशासनिक भवनको समुद्घाटन समारोह सम्पन्न

सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. ५ स्थित फुलजोरमा अस्थाई ट्राफिक प्रहरी पोष्टको नवनिर्मित प्रशासनिक भवनको समुद्घाटन समारोह सम्पन्न भएको छ । अस्थाई ट्राफिक प्रहरी पोष्ट, फुलजोरको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्यले गर्नुभयो ।

जिल्ला ट्राफिक कार्यालय नवलपुर, सर्लाहीको आयोजना तथा ईश्वरपुर नगरपालिकाको समन्वयमा आज गरिएको कार्यक्रममा ट्राफिक प्रहरीलाई सम्मान समेत गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले सवारी साधन सावधानी पुर्वक र नियमअनुसार चलाउन आग्रह गर्नुभयो । अहिले सडक दुर्घटनाका घटना बढदै गएको हुदाँ सबैजना सचेत हुन आवश्यक भएको उहाँले बताउनुुभयो ।

कार्यक्रममा पुर्व मन्त्री शम्भुलाल श्रेष्ठ, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खडका, ईश्वरपुरका वडा अध्यक्ष लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको समजसेवी युवा भिष्म यादवले जानकारी दिनुुभयो ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button