१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
उखुको उचित मुल्य कायम गर्न नेकपा एकिकृत समाजवादीको माग – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

उखुको उचित मुल्य कायम गर्न नेकपा एकिकृत समाजवादीको माग

सर्लाही,२१ पौष । सर्लाही सहित देशका विभिन्न जिल्लाको प्रमुख नगदे बालिको रुपमा रहेको उखुको मुल्य कायम गर्न गरिएको वेवास्ता प्रति नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीले बिज्ञप्ति निकालेर गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

बुधवार पार्टीका सर्लाही जिल्ला संयोजक सुरेन्द्र लामाद्वारा जारि बिज्ञप्तिमा भनिएको छ, ‘वर्षको एक पटक विक्री गरेर वर्ष भरीको खर्च धान्नु पर्ने उखु किसानहरु अहिले समस्यामा छन । अझ साना किसानहरुलाई यसवाट ठुलो संकट परिरहेको छ ।’ बिज्ञप्तिमा पार्टीले तत्काल उखुको उचित मुल्य कायम गरि किसानलाई न्याय दिन जोडदार माग गरिएको छ ।

मूल्य तय नहुदै किसानले उखु काट्नु पर्ने वाध्यता श्रृजना हुनु आफैमा खेदजनक काम भएको र सर्लाहीको दक्षिणी क्षेत्र सहित कतिपय स्थानमा अझ पनि उखुको पुरानो भुक्तानी हुन नसक्नुले राज्य र चिनी उद्योगीहरुको किसानमारा नीति स्पष्ट भएको पार्टीले जनाएको छ । साथै पार्टीले किसानको भुक्तानी नदिने उद्योगहरुको खाता र सम्पति रोक्का गर्न नेपाल सरकारले थालेको पहलको स्वागत गरेको छ ।।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.