कविलासीमा आँखा उपचार केन्द्र सुरु, स्थानियहरु खुुसी

सर्लाही,२६ असार । सर्लाहीको कविलासी नगरपालिकामा आज बाट आँखा उपचार हुने भएको छ । उपमेयर पुनम कर्णको पहलमा कविलासी नगरपालिका वडा नं. ८ अगर्वामा आँखा उपचार केन्द्र सञ्चालित भएको छ । आँखा उपचार केन्द्रको उद्घाटन कविलासी नगरपालिकाको मेयर ब्रह्मदेव राय र उपमेयर पुनम कर्णले गर्नुुभयो ।
नेपाल नेत्रज्याति संघ हिरालाल सन्तुदेवी प्रधान नेत्रविज्ञान अभ्ययन संस्थान भरतपुर आँखा अस्पताल चितवन तथा कविलासी नगरपालिकाको संयुक्त सहकार्यमा आज बाट अगर्वामा आँखा उपचार केन्द्र सञ्चालन भएको छ ।
आँखा उपचार केन्द्र कविलासीमा नभएपछी यहाँका स्थानियहरु उपचारको लागि मंलगवा, लालबन्दी, हरिवन , जनकपुर, लहान लगायतको ठाउँमा टाढा सम्म उपचार गराउन जाने गरेको कविलासी नगरपालिकाका कार्यपालिका सदस्य विनय कुमार कर्णले जानकारी दिनुुभयो । उपमेयर पुनम कर्णको पहलमा आँखा उपचार केन्द्र भएपछी स्थानियहरु यतिबेला खुुसी भएको कार्यपालिका सदस्य कर्णले बताउनुुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र कुमार खडका, सशस्त्र प्रहरी बल नेपाल नं १० गण कबिलासी सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक देव बहादुर चन्द, भरतपुर आँखा उपचार केन्द्रका प्रतिनिधि तथा कविलासी नगरपालिकाका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।