१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
हरिवनमा पोषण सम्बन्धी २ दिने समीक्षा गोष्ठी सम्पन्न – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

हरिवनमा पोषण सम्बन्धी २ दिने समीक्षा गोष्ठी सम्पन्न

हरिवन, फागुन २ । जिल्लाको हरिवनमा २ दिने पोषणसम्बन्धी पालिका स्तरीय समीक्षा गोष्ठी सम्पन्न भएको छ । नगर स्वास्थ्य समितिका संयोजक एवम् वडा नम्बर ८ का वडा अध्यक्ष यज्ञविनोद ढुंगेलको अध्यक्षतामा प्रमुख अतिथि नगरप्रमुख गणेश प्रसाद प्रसाईंले आइतबार उद्घाटन गरेको गोष्ठी सोमबार सकिएको हो ।

गोष्ठीको उद्घाटन कार्यक्रममा उपमेयर रेणुका कुमारी पौडेल, प्रमुख प्रशासकीय अधिकृत उपसचिव नवराज निरौला, वडा नम्बर ५ का अध्यक्ष नागेन्द्र कुमार साह, ६ का वडा अध्यक्ष प्रह्लाद बुढाथोकी, १० का वडा अध्यक्ष शम्भु मैनाली, स्वास्थ्य शाखा संयोजक शशीकान्त सिंह, नगरका चारओटै हेल्थपोष्टका इन्चार्जहरु, पोषण कार्यक्रमका फोकल पर्सनहरुको उपस्थिति रहेको थियो ।

गोष्ठीका अवसरमा हरिवनमा पोषण कार्यक्रमको अवस्था कस्तो छ भनेर समीक्षा गरिएको थियो । सो अवसरमा नगरको पोषण स्वास्थ्यको अवस्थाका बारेमा स्वास्थ्यकर्मीहरुले सहभागिहरुलाई जानकारी गराएका थिए । पोषण कार्यक्रम अन्तर्गत नगरभित्रका २ वर्षमुनिका बच्चाहरुको वृद्धिको अवस्थाको बारेमा भएका अनुगमन, कुपोषण र रक्तअल्पता भएका बच्चाहरुको खोज पड्ताल र उपचारको अवस्था, जुकाको औषधी र १८० ट्याव आईरन चक्की खाएका गर्भवती महिला, भिटामिन ए र जुकाको औषधी खाएका ५ वर्षमुनिका बालबालिका, भिटामिन ए र ४५ ट्याव आइरन चक्की खाएका सुत्केरी महिलाहरु र बालभिटा खाएका ६ महिनादेखि २३ महिना सम्मका शिशुहरुको अवस्थाको बारेमा समीक्षा गरिएको थियो ।

समीक्षा गोष्ठीमा नगरमा सञ्चालित पोषण कार्यक्रम अन्यत्र भन्दा हरिवनमा प्रभावकारी भएको भन्दै आगामी दिनमा कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लगिने स्वास्थ्यकर्मीहरुले प्रतिवद्धता जनाएका छन् । स्वास्थ्यकर्मीहरुले २ वर्ष मुनिका बच्चाहरुको प्रत्येक महिना नियमित तौल जाँच गर्नुपर्ने खाँचो औंल्याएका छन् । नगर  स्वास्थ्य शाखाका सह संयोजक रामबाबु चौधरीका अनुसार हरिवन हेल्थ पोष्टले ५५ प्रतिशत, अत्रौली हेल्थपोष्टले ३८ प्रतिशत, घुर्कौली हेल्थपोष्टले ३९ प्रतिशत र सासापुर हेल्थपोष्टले ६१ प्रतिशत २ वर्षमुनिका बच्चाहरुको प्रत्येक महिना नियमित तौल जाँच गर्ने गरेका छन् ।

त्यस्तै गोष्ठीकै अवसरमा सहभागि स्वास्थ्यकर्मीहरुले गर्भवती महिलालाई नियमित १८० आईरन ट्यावलेट खान, टिडी खोपसहित गर्भअवस्थाभरीमा कम्तीमा चारपटक स्वास्थ्य जाँच गराउन पहल गर्नु पर्ने विषयमा जोड दिएका छन् । उनीहरुले यस विषयमा गर्भवती महिलाहरुको सम्पर्क नम्बर राखि नियमित आइरन चक्की सेवन गरेनगरेको र नियमित स्वास्थ्य जाँच गरेनगरेको बुझ्ने र आमा समूहरुहरुको छलफल तथा बैठकमा समेत यस्ता विषयमा जानकारी गराउने विषयमा जोड दिनु पर्नेमा जोड दिएका नगर स्वास्थ्य शाखाका सह संयोजक चौधरीले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.