१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
६ हजार ६ सय बालबालिकालाई ट्रयाक सुट र हाइजिन किट वितरण – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

६ हजार ६ सय बालबालिकालाई ट्रयाक सुट र हाइजिन किट वितरण

 

सर्लाही, ०२ फागुन।बालबालिकाहरुको चौतर्फी विकासको लागि क्रियाशील संस्था बागमती सेवा समाज नेपालले सर्लाहीका ६६०० बालबालिकाको लागि ट्रयाक सुट र हाइजिन किट वितरण शुरु गरेको छ ।

संस्थाले सर्लाही जिल्लाको हरिपूर्वा नगरपालिका र पर्सा गाउँपालिकामा संचालन गरिरहेको बाल स्पोन्सरशिप परियोजना अन्तर्गत उक्त सामाग्रीहरु वितरण गरिएको अध्यक्ष भरत कुमार कार्कीले जानकारी दिनु भएको छ ।

बाल स्पोन्सरशीप परियोजनामा दर्ता भएका (आरसी) दुई वटै पालिकाका अति विपन्न, गरीब, दलित, अपांगता भएका र सीमान्तकृत समुदायका बालबालिकाहरुलाई उक्त सामाग्री वितरण गरिएको जनाइएको छ ।

उक्त सामाग्री वितरण कार्यक्रममा बोल्दै पर्सा गाउँपालिकाका अध्यक्ष किसुनदेव रायले संस्थाले बालबालिकाहरुलाई सामाग्री प्रदान गरेर उनीहरुको शिक्षा, स्वास्थ्यमा ठूलो योगदान गरेको बताउनुभयो । “बालबालिकाहरुको विकास, सशक्तिकरण र संरक्षणमा संस्थाले ठूलो सहयोग गरेको छ ।” अध्यक्ष रायले भन्नुभयो “परियोजना लागू भए पश्चात समुदायका बालबालिकाहरुको शिक्षा प्रति जागरुकता बढेको छ ।”

यसैगरी बागमती सेवा समाज नेपालका अध्यक्ष भरत कुमार कार्कीले बालबालिकाहरुको शिक्षा, स्वास्थ्य, सरसफाईमा सहयोग पुगोस् भन्ने उद्देश्यले सामाग्री वितरण गरिएको बताउनुभयो । अध्यक्ष कार्कीका अनुसार हरिपूर्वा नगरपालिकाका ३५५० र पर्सा गाउँपालिकाका ३०५० जना आरसी बालबालिकाहरुलाई उक्त सामाग्री वितरण गरिनेछ । प्रत्येक बालबालिकालाई १ सेट ट्रयाक सुट र टुथपेष्ट, ब्रस, साबुन, माक्स, काइँयो, नेलकटर सहितको १ सेट हाइजिन किट वितरण गरिएको अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

यस अघि पनि बालबालिकाहरुलाई स्कूल ब्याग, स्टेशनरी, टि–सर्ट, टिफिन बक्स, झुल, छाता आदि सामाग्रीहरु वितरण गरिएको संस्थाका कार्यकारी निर्देशक निरज भण्डारीले जानकारी दिनुभयो ।

सहयोगी संस्था वल्र्डभिजन इन्टरनेसनल नेपालसँगको साझेदारीमा संचालन भइरहेको उक्त परियोजना अन्तर्गत आरसी बालबालिकाहरुको नियमित अनुगमन गरी शिक्षामा प्रोत्साहन गरिएको कुरा निर्देशक भण्डारीले जानकारी दिनुभयो ।

यसका साथै संस्थाले बालबालिकाको परिवारलाई आयआर्जन र व्यवसाय तिर पनि जोड्ने काम गरेको परियोजना संयोजक कुमार भण्डारीले बताउनुभयो । जीविकोपार्जन परियोजनासँग समन्वय गरी परिवारको आर्थिक उन्नतिका लागि पसल, व्यवसाय, बाख्रापालन लगायतका व्यवसाय र  विभिन्न प्रकारका सीपमुलक तालिम प्रदान गर्ने गरिएको वहाँले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.