१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
हरिवनमा खुवाईयो झण्डै ६ हजार विद्यार्थीलाई जुकाको औषधी – Nigrani Today
ताजा खबरमधेश प्रदेशशिक्षा स्वास्थ्यसमाचारसमाजस्थानीय

हरिवनमा खुवाईयो झण्डै ६ हजार विद्यार्थीलाई जुकाको औषधी

सर्लाही, ३ फागुन । सर्लाहीको हरिवनका विभिन्न विद्यालयमा अध्ययनरत झण्डै ६ हजार विद्यार्थीहरुलाई अल्बेण्डाजोल नामक जुकाको औषधी खुवाईएको छ ।

नगरस्वास्थ्य शाखाको आयोजनामा मंगलबार भएको विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको समीक्षा गोष्ठीका क्रममा नगरका विभिन्न विद्यालयमा अध्यनरत ५ हजार ९८५ विद्यार्थीहरुलाई अल्बेण्डाजोल खुवाईएको जानकारी दिइएको हो ।  जसअनुसार नगरभित्रका हरिवन हेल्थपोष्टले २ हजार ७११ जना, अत्रौली हेल्थपोष्टले ९१५ जना, घुर्कौली हेल्थपोष्टले १ हजार १८७ जना र सासापुर हेल्थपोष्टले १ हजार १७२ जना विद्यार्थीहरुलाई जुकाको औषधी वितरण गरेको हरिवन नगर स्वास्थ्य शाखाले तथ्यांकले दिएको छ ।

नगरभित्रका सबै विद्यालयका शिक्षकहरु, स्वास्थ्यकर्मी तथा स्कुल नर्सहरुको क्षमता अभिवृद्धि गरी विद्यालयहरुमा सञ्चालनमा रहेको पोषण कार्यक्रमलाई प्रभावकारी बनाउने उदेश्य अनुरुप समीक्षा गोष्ठीको आयोजना गरिएको नगर स्वास्थ्य शाखाका सह–संयोजक रामबाबु चौधरीले जानकारी दिए ।

गोष्ठीमा नगर स्वास्थ्य शाखाका संयोजक शशीकान्त सिंह, सह–संयोजक चौधरी, नर्सिङ स्टाफ लक्ष्मी आचार्य, शिक्षा शाखा अधिकृत रसस्टालिन चौलागाईं, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षकहरु, नगरका चारओटै हेल्थपोष्टका ईन्चार्जहरु, पोषण स्वास्थ्य कार्यक्रमका फोकल पर्सन, स्वास्थ्यकर्मीहरु तथा स्कुल हेल्थनर्सहरुसहित ३५ जनाको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ ।

 

गोष्ठीमा विद्यालयले बालबालिकालाई खुवाईदै आएको दिवा खाजा कार्यक्रमलाई व्यवस्थित गर्ने, विद्यार्थीहरुको प्राथमिक उपचारको व्यवस्थापन गर्ने, विद्यालयका किशोरीहरुलाई निःशुल्क वितरण हुँदै आएको सेनेटरी प्याड वितरणलाई नियमित र व्यवस्थित गर्ने विषयमा छलफल भएको थियो ।

 

त्यस्तै विद्यालयलाई स्वस्थ वातावरण बनाउन स्वास्थ्य निर्देशन, शारीरिक परीक्षण, व्यक्तिगत र वातावरणीय स्वच्छता कायम गर्न विद्यालय र समुदायबीच संयुक्त गतिविधिहरू सञ्चालन गर्ने विषयमा समेत छलफल गरिएको नगर स्वास्थ्य शाखाले जनाएको छ ।

विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम अन्तर्गत नगरभित्रका सबै विद्यालयमा अध्ययनरत १० देखि १९ वर्षसम्मका छात्राहरुलाई आईरन चक्की खुवाउन लागिएको नगरस्वास्थ्य शाखाले जानकारी दिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.