१४ चैत्र २०८०, बुधबार | Email:- [email protected] | [email protected]
निर्वाचित तीन वडा सदस्यसहित चन्द्रनगरमा २४० बढी माओवादी प्रवेश – Nigrani Today
ताजा खबरप्रदेश २राजनीतिसमाचारस्थानीय

निर्वाचित तीन वडा सदस्यसहित चन्द्रनगरमा २४० बढी माओवादी प्रवेश

सर्लाही, ३ फागुन ।। चुनाव नजिकिएसँगै सर्लाहीमा पनि दल बदल्ने क्रमले तिब्रता पाएको छ । विभिन्न व्यक्तिहरुले एउटा पार्टी परित्याग गरी अर्को पार्टीमा प्रवेश गर्ने लहर चलेकै बेला सर्लाहीको चन्द्रनगरमा विभिन्न पार्टी परित्याग गरी २४० जनाभन्दा धेरै व्यक्तिहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

सो पार्टीको चन्द्रनगर गाउँ कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमका चन्द्रनगर गाउँपालिका वडा नम्बर ६ मा जसपाबाट चुनाव जितेका तीन जना वडा सदस्यसहित २४० भन्दा बढी व्यक्तिहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

माओवादी केन्द्र चन्द्रनगरका नेता सिताराम महतोको अध्यक्षता तथा मधेश प्रदेश सह–ईन्चार्ज विश्वनाथ साहको प्रमुख आतिथ्यतामा भएको पार्टी प्रवेश कार्यक्रमका अवसरमा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा), नेपाली काँग्रेस र जसपा परित्याग गरी ठुलो संख्यामा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

अन्य पार्टी परित्याग गरी माओवादी केन्द्र प्रवेश गर्नेहरुमा नेपाली काँग्रेसका उत्तिमलाल सिंह, शिवनाथ सिंह, नागेश्वर सिंह रहेका छन् । त्यस्तै जसपा परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने चन्द्रनगर ६ का वडा सदस्यहरुमा क्रमशः लालबाबु साह, रामकुमारी सिंह र रजरनियादेवी माझी रहेकी छन् ।

नवप्रवेशीहरुलाई प्रमुख अतिथि साहसहित पार्टीका प्रदेश अध्यक्ष प्रह्लाद बुढाथोकी, सर्लाही इन्चार्ज अच्यूतम काफ्ले, जिल्ला संयोजक कमल बुढाथोकी, माओवादी नेता रामप्रित यादव, बागमती नगरपालिकाका मेयर भरत कुमार थापा, वाईसिएलका मधेश प्रदेश संयोजक मोहनलाल श्रेष्ठ(सन्देश) लगायतले फुलमाला अविर लगाई स्वागत गरेका थिए ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरुले पछिल्लो समय नेकपा माओवादी केन्द्र प्रवेश गर्नेहरुको लहर चलेको बताए । माओवादी केन्द्रलाई विश्वास गरेर पार्टीमा आउनेहरुलाई माओवादी केन्द्रले सम्मान गर्ने नेताहरुले बताएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.