१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
राप्रपाको चुनावी सभा लालबन्दीमा, एक हजार बढी व्यक्ति राप्रपा प्रवेश – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारस्थानीय

राप्रपाको चुनावी सभा लालबन्दीमा, एक हजार बढी व्यक्ति राप्रपा प्रवेश

सर्लाही ।। राप्रपाले ग¥यो लालबन्दीमा चुनावी सभा, एक हजार बढी व्यक्ति राष्ट्रिय प्रजातन्त्र पार्टीले सर्लाहीको लालबन्दीमा वृहद चुनावी आमसभाको सम्पन्न गरेको छ । सो क्रममा एक हजार बढी मानिसहरु विभिन्न पार्टी परित्याग गरी राप्रपामा प्रवेश गरेका छन् ।

राप्रपा लालबन्दीका नगर अध्यक्ष गंगा प्रसाद चौलागाईको अध्यक्षता तथा केन्द्रीय पूर्व अध्यक्ष पशुपति शमशेर राणाको प्रमुख आतिथ्यता तथा नायिका एवम् राप्रपाकी केन्द्रीय सदस्य रेखा थापाको विशिष्ट आतिथ्यतामा लालबन्दीस्थित डुमडुमे मन्दिर छेउमा भएको आमसभाका क्रममा एक हजार बढी व्यक्तिहरु अन्य पार्टी परित्याग गरी राप्रपामा प्रवेश गरेका हुन् ।

सो पार्टीबाट लालबन्दी नगरपालिकाको मेयर प्रत्यासी उमेश खड्काका अनुसार मंगलबार विहान नगरपालिकाको वडा नम्बर १५ र १६ मा भएको मतदाता भेटघाट कार्यक्रमका क्रममा विभिन्न पार्टी परित्याग गरी २ सय भन्दा धेरै व्यक्तिहरु अन्य पार्टी परित्याग गरी राप्रपामा प्रवेश गरेको थिए । त्यस्तै दिउँसो लालबन्दीमा भएको वृहद आमसभामा आठ सय भन्दा धेरै व्यक्तिहरु राप्रपामा प्रवेश गरेका थिए । सबै नव प्रवेशीहरुलाई राणा तथा थापालगायतका केन्द्रीय नेताहरुले अविर लगाएर पार्टीमा स्वागत गरेका हुन् ।
मेयर प्रत्यासी खड्काका अनुसार लालबन्दीस्थित डुमडुमे गुरुकुलका पण्डितहरुबा स्वस्तिक वाचन गरी कार्यक्रमको उदघाटन भएको थियो ।

आमसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि पूर्व केन्द्रीय अध्यक्ष राणाले राप्रपा देशको आवश्यकता भएको बताए । उनले बयोवृद्धादेखि युवाहरु सम्मको राप्रपामा आकर्षण बढेको बताए । उनले राप्रपाको नेतृत्वमा नै अब देशले निकास पाउने विश्वास व्यक्त गरेका छन् ।

सभालाई सम्बोधन गर्दै नायिका एवम् सो पार्टीकी केन्द्रीय सदस्य रेखा थापाले संघीयता खारेजी र हिन्दु राष्ट्र स्थापना नै राप्रपाको मूल उदेश्य भएको बताईन् । उनले आफ्नो पार्टीले भ्रष्टाचार नगर्ने भएकोले आफ्ना उमेदवारहरुलाई जिताउन आग्रह गरिन् ।

‘म एउटा कलाकार मात्रै नभई तपाईहरुको छोरी चेली भएर सर्लाही आएको छु ।’ नायिका थापाले भनिन्,‘अन्य पार्टीमा ठाउँ नपाएर नभई राप्रपालाई बुझेर मात्रै पार्टीमा आउनु होला । ’ उनले आफ्ना उमेदवारहरुले भ्रष्टाचार नगर्ने दाबी गरिन् । उनले ‘म भ्रष्टाचार गर्दिन’ भनेर कसम खुवाएर मात्रै आफूहरुले टिकट दिएकोले ढुक्क भएर राप्रपाका उमेदवारहरुलाई भोट दिनु पर्ने बताईन् ।

आमसभालाई सम्बोधन गर्न केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन र प्रवक्ता ज्ञानेन्द्र शाही आउने कार्यक्रम रहेको भएपनि चुनावी अभियानकै शिलशिलामा उनीहरु अन्यत्र जानु परेकोले आफूहरु नै उनीहरुको नेतृत्व गरेर आएको नायिक थापाले बताईन् ।

उनले केन्द्रीय अध्यक्ष लिङ्देन र प्रवक्ता ज्ञानेन्द्र शाहीले सर्लाहीवासीलाई सम्झना छ भनिदिनु भनेको सुनाईन् ।
युवा अभियन्ता कल्याण केसीले सञ्चालन गरेको आमसभामा अर्का युवा अभियन्ता रामकुमार बुढाथोकीले स्वागत मन्तव्य राखेका थिए ।

राप्रपाका केन्द्रीय सदस्य किशोर थापा, लालबन्दी नगरपालिकाका मेयर पदका उमेदवार उमेश खड्कालगायतका उमेदवारहरुले समेत सम्बोधन गरेको आमसभामा लालबन्दीसहित बलयवास, हरिवन, हरिपुर, मलंगवा, बागमती, बरहथवासहित जिल्लाभरका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.