१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीको धनकौलमा कांग्रेसको अग्रता कायमै, दुई वटा वडामा कांग्रस विजयी – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारस्थानीय

सर्लाहीको धनकौलमा कांग्रेसको अग्रता कायमै, दुई वटा वडामा कांग्रस विजयी

सर्लाही,१ वेठ । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत अहिले देशभर मतगणना भइरहेको छ । केही स्थानहरुको नजिता समेत सार्वजनिक भइसेको छ । सर्लाहीमा पनि केही स्थानबाहेक अधिकांश स्थानमा मतगणना भइरहेको छ । यसैक्रममा सर्लाहीको धनकौल गाउँपालिकामा अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार रामआश्रय साहको अग्रता कायमै रहेको छ ।

साहले २३३९ मत प्राप्त गरेको छ । अध्यक्ष पदमै माओवादीका उम्मेदवार फकिरा महतोले ११६२ मत प्राप्त गरेको छ । एमालेका उम्मेदवार अजय कुमार सिंहले भने ९२३ मत प्राप्त गरेको छ । यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार अकली सहनीले २३६१ मत, माओवादीका उम्मेदवार निलमकुमारी देवी सहनीले १०६३ मत र एमालेका उम्मेदवार रमिता कुमारी यादवले ९२० मत प्राप्त गरेकी छन ।
त्यस्तै धनकौल गाउँपालिकामा कांग्रेसले दुई वटामा विजयी भएको छ भने एक वडा नेकपा एमालेले जितेको छ ।

धनकौल गाउँपालिका वडा नं. १ को वडा अध्यक्षमा काँग्रेसको उमेदवार गौरीशंकर महतो बिजयी भएको छ । महतोले ६९४मत ल्याएका छन । महतोका निकटतम् प्रतिद्वन्द्वी माओवादीका उम्मेदवार शिव कुमार महतोले ६६५ मत प्राप्त गरे। त्यस्तै धनकौल गाउँपालिकाकै वडा नं. २ मा पनि नेपाली कांग्रेसका उम्मेदवार राम बहादुर सहनीले १४४१ मत ल्याएर विजयी हुनुभएको छ । उहाको निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार रामअधार रायले मात्र ६ मत प्राप्त गरे । धनकौल गाउँपालिका वडा नं. ३ मा नेकपा एमालेका उम्मेदवार राम प्रसाद राय ५२४ मत ल्याएर विजयी हुनुभएको छ । उहाको निकटतम् प्रतिद्वन्द्वी माओवादीका उम्मेदवार विलय राय यादवले २८९ मत प्राप्त गरे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.