१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाही क्षेत्र नम्बर २ बाट राजेन्द्र महतोको चुनाव लड्ने सम्भावना – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिस्थानीय

सर्लाही क्षेत्र नम्बर २ बाट राजेन्द्र महतोको चुनाव लड्ने सम्भावना

सर्लाही, १८ भदौ । सर्लाही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा चुनाव लड्नका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोमाथि कार्यकर्ताहरुको ठूलो दवाव पर्न थालेका छन् ।
कार्यकर्ताको ठूलो दवावका कारण आफ्नो गृह जिल्ला सर्लाहीबाट नै महतो चुनाव लड्ने सम्भावना पनि बढ्दै गएको छ ।
लोसपा पार्टीको नेतृत्व तहमा रहेका सर्लाही जिल्लाका केन्द्रिय नेता अन्य जिल्लामा गएपछि यहाँका कार्यकर्ताहरु निरास बनेका छन् । आफ्ना नेता अन्य जिल्लामा गएपछि आफुहरु अभिभावक विहिन जस्तै भएको लोसपाका एक नेताले बताए ।
आफुहरुको माग वरिष्ठ नेता महतोले स्वीकार गरेन भने पार्टीबाट अलग हुन सक्ने सम्मको चेतावनी लोसपा सर्लाही जिल्लाका कार्यकर्ताहरुले दिएको पार्टीका मधेश प्रदेश कमिटिका सदस्य प्रभु चौधरीले बताउनुभयो ।
गत चुनावमा धनुषा क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका नेता बिमलेन्द्र निधिलाई पराजित गर्दै नेता महतो निर्वाचित हुनुभएको थियो । नेपाली काँग्रेसका नेता निधि आफु समानुपातिक तर्फको उम्मेदवार बन्ने घोषणा गरेपछि नेता महतो फेरी धनुषाबाट नै चुनाव लड्ने होकी भनेर सर्लाही जिल्लाका लोसपा नेता कार्यकर्ताहरुले दवाव बनाउन थालेका छन् ।
कार्यकर्ताको दवावपछि नेता महतो पनि सर्लाही क्षेत्र नम्बर २ बाट नै चुनाव लड्ने मनस्थितिमा पुगेको लोसपा एक नेताले दावी गरे ।
मधेश पोष्टसंग कुरा गर्दै नेता महतो आफुलाई पार्टी जुन ठाउँबाट टिकट दिन्छ त्यस ठाउँबाट चुनाव लड्न तयार हुने बताउनुभयो । तर हाल कुन ठाउँबाट चुनाव लड्ने निर्णय भईनसकेको उहाँले बताउनुभयो । यधपी सर्लाही क्षेत्र नम्बर २ बाट चुनाव लड्न कार्यकर्ताहरुको ठुलो दवाव आएको उहाँले बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.