३१ बैशाख २०८१, सोमबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
गौशालामा मालपोत तथा नापी कार्यालय स्थापनाको लागी घर अनुगमन गरियाे – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

गौशालामा मालपोत तथा नापी कार्यालय स्थापनाको लागी घर अनुगमन गरियाे

गौशाला,२९ भदैा । महोत्तरीको गौशालामा मालपोत तथा नापी कार्यालय स्थापनाको अन्तिम चरणमा रहेको छ ।मालपोत कार्यालय र नापी कार्यालय संचालन गर्नका लागि जलेश्वर कार्यालयबाट आएको अनुगमन टोलीले कार्यालय संचालन गर्न दुई वटा भवनको अनुगमन गरेको छ । पहिलो मालपोतका लागी बजार भित्र रहेको पुरानो नगरपालिका भवन र दोश्रो नापी कार्यालयको लागी हालका वडा नं। ५ अन्र्तगत महोलियाटोलमा रहेका वडाअध्यक्ष ओमप्रकाश गुप्ताको घरको अनुगमन गरेको छ ।

गौशाला नगरपालिकाले घर भाडा तथा कार्यालय संचालनको लागी चाहिने पूर्वाधार गौशाला नगरपालिकाले उपलब्ध गराउने नगरप्रमुख डा। दिपेन्द्र महतोले बताए । मालपोत र नापी कार्यालय जति चाँडो हुन्छ त्यति चाँडो संचालन गराउन गौशाला नगरपालिकाले कुनै कसर बाँकी नराख्ने नगरप्रमुख महतोले बताए ।

गौशाला नगरपालिकाको विशेष पहलमा यहाँका आमनागरिकको लागि मालपोत तथा नापी कार्यालय स्थापना हुनु गौरवको विषय बनेको महतोले बताए । मेयर महतोले भने, ‘अव नगरवासीलाई जग्गासम्बन्धि कामकाजको लागि जलेश्वर जानुपर्ने बाध्यता हटनेछ । जग्गा खरिद विक्री गर्ने क्रममा अनेकौ उल्झनहरु रहदै आएको थियो । स्थापना हुने मालपोत तथा नापी कार्यालयबाट गौशाला, औरही, सम्सी, सोनमा पालिकाका सर्वसधारणहरुले यहाँबाट प्रत्यक्ष रुपमा सेवा लिन सकिनेछ ।

सो अनुगमनमा जसपा का केन्द्रिय सदस्य लक्ष्मी महतो, जसपा नेता रामश्रेष्ठ महतो, गौशाला न।पा।का प्रमुख प्रशासकिय अधिकृत वीरेन्द्रजंग थापा, माओवादी पार्टिका नगरअध्यक्ष चित्र बहादुर जर्घा, माओवादी पार्टिका नेता विष्णु लामा, गौशाला उद्योग वाणिज्य संघका अध्यक्ष रामराजा प्रसाद साह, गौशाला न।पा।का प्रवक्ता रामपृत महतो, वडा नं। ९ का वडा अध्यक्ष भोज बहादुर दर्लामी, भूपु वडा नं १० का वडाअध्यक्ष शेष जलील स्थानीय, बुद्धिजिवी, पत्रकार, भरभलादमीहरुको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.