१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
चन्द्रनगरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

चन्द्रनगरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

सर्लाही,५ कार्तिक । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा शुभ दिपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

गाउँपालिका अध्यक्ष राजकुमार महतोले पहिलोपटक चन्द्रनगर गाउँवासी सँग दिपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम गरे पछि स्थानीयहरु खुसि भएको छ ।

शनिवार चनद्रनगर गाउँपालिकाको आयोजना तथा गाउँपालिका अध्यक्ष राजकुमार महतोको अध्यक्षतामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको कार्यक्रमको उदघोषक पच्चुलाल माझीले जानकारी दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै अध्यक्ष महतोले चन्द्रनगर गाउँपालिकामा धेरै परिवर्तन गर्नु छ, त्यो क्रमबद्ध रुपमा सुरु गरको छु बताउनुभयो ।

अहिले मरिचमान माविमा प्लस टु संचालित गरेको छु,शिक्षा क्षेत्रमा क्रमिक रुपमा नयाँ तरिकाले परिवर्तनको काम भैरहेको गाउँपालिका अध्यक्ष महतोले बताउनु भयो ।

यसैगरी नेपाल सरकारले स्थाई कर्मचारीहरुको तलब १५% ले बृद्धि  गरेको छ, महंगी बढेको छ सोही अनुरुप करारमा कार्यरत कर्मचारीहरुको पनि तलब बृद्धी गरिएको गाउँपालिका अध्यक्ष महतोले मन्तव्य दिनुभयो ।  त्यस्तै आफुुले गरेको प्रतिबद्धता अनुरुप वडा स्तरमा समाजिक सुरक्षा भत्ता वितरण समेत सुरु गरेको अध्यक्ष महतोले जानकारी दिनुभयो ।

उहाले नाढीमन ताललाई व्यवस्थित गर्ने काम पनि अघि बढाईको बताउनुभयो । नाढीमन तालमा छिटै जाली सहितको घेरा गरि सुरक्षित गर्ने काम अघि बढाईने गापा अध्यक्ष महतोले बताउनुभयो ।
कार्यक्रममा जनप्रतिनिधि,कर्मचारी, तथा हजारौंको संख्यामा स्थानीयहरुको उपस्थिति रहेको थियो ।         

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.