
सर्लाही,१ मंसिर । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले मधेश प्रदेश समिति सदस्य शिव पुजन यादवलाई कार्वाही गरेको छ । बिहिबार नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) मधेश प्रदेश जनकपुरधामले संविधानसभा सदस्य समेत रहेका यादवलाई साधारण सदस्य समेत नरहने गरी कार्वाही गरेको छ ।
मधेश प्रदेश समिति सदस्य यादवले माओवादी केन्द्रका उम्मेदवारको विरुद्धमा एवम गठबन्धन दलका अधिकारिक उम्मेदवारको विरुद्धमा क्षेत्र नं. ४ मा बागी उम्मेदवारी आफनी छोरी मधुमाला यादवलाई प्रतिनिधि सभामा, भतिजो र अन्य सदस्यलाई प्रदेश सभामा उम्मेदवारी दिन लगाई प्रचार प्रसारमा पनि सघाएको हुदाँ उनलाई कार्वाही गरिएको मधेश प्रदेश इन्चार्ज गणेश साहले जानकारी दिनुभयो ।
यादवले पार्टीसँग गरेको बाचालाई समेत ख्याल नगरी आफु मनोपोली ढंगले पार्टीको निर्णय बिपरीत कार्यहरी गरी प्रचार प्रसारमा संलग्न भएको, नेपाल कम्युनिष्ट पार्टी ले सार्वजनिक रुपमा उम्मेदवारी फिर्ता लिन अनुरोध गरिसकेको र सोको समायावधि पनि समाप्त भइसकेको हुदाँ उनलाई कार्वाही गरिएको मधेश प्रदेश इन्चार्ज साहले बताउनुभयो ।
माओवादी केन्द्र मधेश प्रदेशले यादव सँग २४ घण्टे स्पस्टिकरण सोधेको थियो कुनै जवाफ हाल सम्म यादवले नदिएपछि माओवादी केन्द्र अन्तिरिम विधान २०७८ को धारा ७(१)(छ) को पार्टीको सिद्धान्त , कार्यक्रम, नीति प्रभावित भएकोले धारा ९(१)(ग) बमोजिम पार्टीले अनुशासनको कारवाही गरी आजको मिति देखि नै लागु हुने गरी पार्टीको सम्पूर्ण जिम्मेवारीबाट शिव पुजन यादवलाई मुक्त गरी साधारण सदस्य समेतबाट निष्कासन गरिएको नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) मधेश प्रदेशले जनाएको छ ।
सर्लाही क्षेत्र नम्बर ४ मा सत्ता गठबन्धन दलबाट उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसका पूर्वसभापति नागेन्द्रकुमार राय र विपक्षी गठबन्धन दल जनता समाजवादी पार्टी जसपाबाट उम्मेदवारी दिनुभएका राकेशकुमार मिश्रले नेपाली कांग्रेसका बागी उम्मेदवार डाक्टर अम्रेशकुमार सिंह र नेकपा माओवादी केन्द्रबाट बागी उठ्नुभएकी मधुमालादेवी यादवसँग कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
कांग्रेसबाट टिकट नपाएपछि डाक्टर सिंहले पार्टीमा विद्रोह गर्दै आफ्नो विरासत जोगाउन स्वतन्त्र उम्मेदवारी दिनुभएको हो । त्यसैगरी माओवादी केन्द्रबाट टिकट नपाएपछि मधुमालाले पनि स्वतन्त्र उम्मेदवारी दिनुभएको हो । भर्खरै बीएससी नर्सिङ सकाउनुभएकी युवानेत्री मधुमालादेवी माओवादी केन्द्रका नेता शिवपुजन रायको छोरी हुनुहुन्छ । रायलाई रातो पासपोर्ट दुरुपयोग गरेको अभियोग लागेपछि छोरीलाई राजनीतिमा आफ्नो विरासत जोगाउन अघि बढाउनुभएको हो ।