१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
जनमत पार्टीको सहयोग विना मधेश प्रदेशमा सरकार बन्न कठिन – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारस्थानीय

जनमत पार्टीको सहयोग विना मधेश प्रदेशमा सरकार बन्न कठिन

धनुषा । मधेश प्रदेशको प्रदेशसभामा १० दलको प्रतिनिधित्व हुने भएको छ । मंसिर ४ मा सम्पन्न निर्वाचनको प्रत्यक्ष तथा समानुपातिक तर्फको मत परिणाम सार्वजनिक भएपछि १० दलको प्रदेश सभामा सहभागिता रहने सुनिश्चित भएको छ । मधेश प्रदेशमा रहेको १०७ सिट मध्ये मधेश प्रदेश सभामा प्रत्यक्षमा १५ सिट जितेको नेकपा एमालेले समानुपातिकबाट ८ सिट थपेपछि २३ सिट प्राप्त गरेर पहिलो दल बनेको छ ।

यस्तै, प्रत्यक्षमा १३ सिट जितेको काँग्रेसले समानुपातिकमा सबैभन्दा बढी मत ल्याएर ९ सिट जिते पनि प्रदेश सभामा २२ सिट सहित दोस्रो स्थानमा रहने भएको छ । २०७४ को निर्वाचनमा मधेशमा पहिलो दल बनेको जनता समाजवादी पार्टी नेपाल प्रदेश सभामा तेस्रो दल बनेको छ ।

सो पार्टीले प्रत्यक्षमा ९ र समानुपातिकमा ७ सहित १६ सिट जित्नमा सफल भएको छ ।प्रत्यक्षमा ६ सिट जितेको जनमत पार्टीले समानुपातिकमा ७ सिट हाँसिल गरी १३ सिटसहित चौथो दल बन्दा लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रत्यक्षमा ७ र समानुपातिकमा २ सिट जितेर ९ सिट सहित पाँचौँ दल भएको भएको छ ।

मधेशमा माओवादीले प्रत्यक्ष र समानुपातिकमा चार÷चार गरी ८ सिट जितेको छ भने नेकपा (एकीकृत समाजवादी) ले प्रत्यक्षमा ४ र समानुपातिकमा ३ सिट पाएको छ ।मधेश प्रदेशमा प्रत्यक्ष तर्फ एक सिट पनि जित्न नसकेका तीन दलले समानुपातिक तर्फ एक एक सिट जितेका छ । समानुपातिक तर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीले १, नेपाल संघीय समाजवादी पार्टीले १ सिट र नागरिक उन्मुक्ति पार्टीले १ सिट जितेको छ ।

मधेश प्रदेशमा सरकार बनाउनका लागि पाँच दलीय गठबन्धनलाई ५४ जनाको समर्थन आवश्यक भएको र त्यो जनमत पार्टी विना पुरा नहुने अवस्था रहेकाले नेपाली काँग्रेस जनमतलाई सरकारमा ल्याउनका लागि लागि परेका छन् ।

पाँचदलीय गठबन्धनसँग ४५ जना पुगेपनि जनमत गएपछि ५८ पुगेर बहुमतको सरकार बन्ने अवस्था रहेको छ । नेकपा एमाले र जनता समाजवादी पार्टीको ३९ अन्य ३ साना दल ३ र जनतम मिलेको खण्डमा मधेश प्रदेशमा नेकपा एमालेले पनि सरकार बनाउने गरि बहुमत पुग्ने अवस्था रहेको छ । सबै मिलेको खण्डमा ५५ सिट पुग्ने अवस्था रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.