
सर्लाही,१० माघ । सर्लाहीको ईश्वरपुर नगरपालिकामा १ सय जनालाई न्यानो कपडा वितरण गरिएको छ । सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारी ईश्वरपुर नगरपालिका वडा नं. २ भक्तिपुरका अति विपन्न, गरिब र दलित समुदायहरुको व्यक्तिहरुलाई न्यानो कपडा(ब्लैकेंट) वितरण गर्नुभएको छ ।
नेपाल सरकार र मधेश प्रदेश सरकारको आर्थिक सहयोगमा जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीको तर्फ बाट सहायक प्रजिअ अधिकारीले १ सय जना व्यक्तिहरुलाई न्यानो कपडा वितरण गर्नुभएको जिल्ला प्रशासन कार्यालय सर्लाहीका कम्प्युटर अपरेटर मुकेश यादवले जनाएको छ ।
न्यानो कपडा वितरण कार्यक्रममा ईश्वरपुर नगर प्रमुख मनोज कुमार आचार्य,सर्लाही प्रहरी प्रमुख नरेश राज सुवेदी, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय सर्लाहीका प्रतिनिधि सन्तोष ढुंगेल, सह सेनानी मेघ बहादुर थापा, ईश्वरपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिराकाजी श्रेष्ठ,ईश्वरपुर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष सुरेन्द्र बहादुर कार्की लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।