२८ बैशाख २०८१, शुक्रबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीका प्रजिअ गौतमलाई कर्मचारी मिलन केन्द्रले गरे विदाई – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

सर्लाहीका प्रजिअ गौतमलाई कर्मचारी मिलन केन्द्रले गरे विदाई

सर्लाही, माघ ९ गते। सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई मायाको चिनो सहित कर्मचारी मिलन केन्द्र, सर्लाहीले भव्य विदाइ गरेको छ । विगत १३ महिना आगाडी सर्लाहीको प्रमुख जिल्ला अधिकारीका रुपमा जिम्मेवारी सम्हाल्नु भएका गौतम गृह मन्त्रालयमा सरुवा भएपछि उहाँको विदाई गरिएको हो ।

मृदुभाषी, सरल, शालिन, भद्र, निर्भिक, निडर, प्रभावकारी समन्वयकारी एवं विकासप्रेमी छवी बनाउनु भएका गौतमलाई सोमवार कर्मचारी मिलन केन्द्र, सर्लाहीले मायाको चिनो, दोसल्ला,अविर, फूलमालाले सम्मान गर्दै विदाई गरेको हो ।

फेरि भेटौला कार्यक्रम मार्फत आयोजना गरिएको विदाई समारोहमा वक्ताहरूले प्रमुख जिल्ला अधिकारी गौतम सबैको साथ र सहयोगले स्थानीय तहको निर्वाचन–२०७९, प्रतिनिधि सभा सदस्य एवं प्रदेश सभा सदस्य निर्वाचन–२०७९, जिल्लाको शान्ति, सुरक्षा, अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, सामाजिक सुधार र रूपान्तरण, विपद व्यवस्थापन, समन्वय सहजीकरण, सदाचार र आर्थिक अनुशासनस्थिती मजवुत बनाउनमा भएको प्रयास सराहनीय रहेको बताउनुभयो ।

वक्ताहरूले विकास निर्माणमा सम्बन्धित सरोकारवाला पक्षसँग समन्वय तथा सहजीकरणको शुरुवात भएको भन्दै अझै सार्थक र प्रभावकारी बनाउन निरन्तरता दिनु पर्ने बताउनु भयो । केन्द्रका वरिष्ठ उपाध्यक्ष होमनाथ सुवेदीले जनभावनालाई आत्मसाथ गरेर बढने गौतमको स्वभावले कर्मचारीलाई उच्च मनोवलका साथ कार्य सम्पादन गर्न ठुलो मद्दत मिलेको बताउनु भयो ।

वरिष्ठ उपाध्यक्ष सुवेदीले विकासका काममा सहजीकरण गर्ने जिम्मेवारीले जनप्रतिनिधीहरूलाई थप हौसला थपेको विश्वास व्यक्त गर्नु भयो । उहाँले आफ्नो व्यक्तिगत तथा केन्द्रको तर्फबाट प्रजिअ गौतमलाई प्रजिअको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नुभएकोमा हार्दिक आभार व्यक्त गर्दै सफलताको शुभकामना दिनुभयो ।

कार्यक्रममा भर्खरै जिल्लामा नेपाल प्रहरीका प्रहरी उपरीक्षक र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका उप–अनुसन्धान निर्देशकको जिम्मेवारी सम्हाल्नु भएका क्रमशः नरेशराज सुवेदी र संन्तोष ढुंगेललाई अविर, माला, गम्छाले स्वागत गरिएको थियोे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.