
सर्लाही,१५ चैत्र ।सर्लाहीमा हुलाकी राजमार्ग निर्माण गर्नुपर्ने माँग राख्दैँ आज बिहान स्थानियहरुले प्रदर्शन गरेको छ । मलंगवा नगरपालिका स्थित मुसैलीमा स्थानियहरुले टायर बलेर प्रदर्शन गरेको छ ।
प्रदर्शनलाई समर्थन गर्दै समाजसेवी डा. बिरबंश बैठाले तराई मधेशकै लाइफलाइन मानिएको हुलाकी राजमार्ग समयमै निर्माण हुन नसक्दा स्थानियहरुले शास्ती खेप्नु परेको बताउनुभयो ।
उहाले पटक पटक स्थानियहरुले बिरोध तथा प्रदर्शन गर्दा पनि हुलाकी राजमार्गको निर्माण कार्य शुस्त हुनु भनेको दुःखद भएको बताउनुभयो ।