२४ बैशाख २०८१, सोमबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
नेतृत्व क्षमता विकास गर्दै चन्द्रनगरका दलित महिलाहरु – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

नेतृत्व क्षमता विकास गर्दै चन्द्रनगरका दलित महिलाहरु

सर्लाही,२२ असार । सर्लाहीको चन्द्रनगर गाँउपालिकाको दलित महिलाहरुले आफनो नेतृत्व क्षमता विकास गरिरहेको छ । दलित तथा मुसहर समुदाय लैङ्गिक समानता र सामाजिक समावेशीकरणको क्षेत्रमा अझै निकै पछाडि परेका छन । उनीहरु जातिय विभेदका कारण कथित उच्च जाति भनिनेहरुबाट र पुरुषप्रधान समाजको कारण र आफ्नै घर परिवार बाट समेत महिलाहरुको कामको उचित मुल्याङ्कन र कदर भएको पाईदैन ।

आर्थिक अभाव अशिक्षा, अज्ञानता र सामाजिक चेतनाको कमीले गर्दा विकासको मुलधारमा आउन नसकेका यहाका मुसहर समुदाय । राज्यको श्रोत र साधनमा पहुँच नपुगेको हुनाले राज्यले दिने सेवा सुबिधाबाट बन्चित हुनुपरेको छ । अझ खराव सामाजिक मुल्य मान्यता र यसका मापदण्डहरूले गर्दा समाज विभिन्न अवस्थामा विभाजित भएको पाईन्छ ।

फलस्वरुपा समाजमा व्यापक असमानता रहेको मुसहरु अगुवाहरुको धारणा रहेको छ । यसै क्रममा सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं. ४ पोखरीयाका मुसहर महिला सशक्तिकरण मञ्चका ५० जनालाई लैङ्गिक रुपान्तरणका लागी सामाजिक मूल्य मान्यता र व्यवहार परिवर्तन सम्बन्धी तालिम लिएको छ । मुसहर महिला सशक्तिकरण मञ्चमा आवद्ध भएरपछि उनिहरुको नेतृत्व क्षमता विकास, सशक्तिकरण चेतना वृद्धि हुदै आएको छ ।

कमाएको जती सबै खाएर उडाउने भनेर आरोप खेप्दै आएका महिलाहरु समुह आवद्ध भएपछि माशिक बचत संकलन गर्दै आएका छन । साप नेपालले बैठक बापत ५० जनालाई दिने खाजा खर्च समेत बैकमा खाता खोलेर जम्मा गदै आएको समुहकी अगुवा सुनिता माझीले बताई । माझीका अनुसार अहिले दलित महिलाहरुमा ठुलो परिवर्तन आएको बताए । यतिमात्र नभएर मुसहर महिलाहरु अब अधिकारको लागि अवाज उठाउने समेत भइसकेको छ ।

दलित महिलाहरु स्थानिय सरकार वडा कार्यालय तथा गाँउपालिकामा आफ्ना योजना र बजेट माग गर्दै आएका छन । यसका साथै समुहका मुसहर महिलाहरुले आगामी दिनमा आफ्नो समुदाय घर परिवारका सदस्यको खराब आनी बानी सुधार गर्नको लागी तालिम बाट सिकेको सिप समेत प्रयोग गरिरहेको अध्यक्ष माझिले बताईन ।

असमानताको खाडलहरुलाई कमगर्न घर परीवार देखीनै परिबर्तनको सुरुवात गर्नुपर्दछ भन्ने उद्देस्यले हानिकारक सामाजिक मूल्य मान्यता र व्यवहार परिवर्तन गर्न चन्द्रनगरमा साप नेपालले कार्यक्रम सुरु गरेको साफ नेपालका कार्यक्रम संयोजक जनक कार्कीले बताए । जिल्लाका ४ वटा पालिकाहका १५० घरपरिवारका ७५० जनालाई माझी मुसहर समुदायलाई लैङ्गिक रुपान्तरणकालागी सामाजिक व्यवहार परिवर्तन तथा मूल्य मान्यता सम्बन्धी साफ नेपालले निरन्तर कार्यक्रम तथा तालिम संचालन गर्दै आएको कार्कीले जानकारी दिए ।

मुसहर समुदायका अगुवा एवं प्रशिक्षक पचुलाल माझिले मुसहर समुदाय गरिवी, अशिक्षा, चेतनाको कमिका कारण हरेक क्षेत्रमा पिछडीएका छन । वाल विवाह, जाँड रक्सी सेवन, तिलक प्रथा जातिय छुवाछुत र विभिन्न सामाजिक मुल्य मान्यता आदिका कारण आर्थिक, सामाजिक रुपमा कमजोर रहेकोले खराव बानि व्यहनोरालाई हटाएर राम्रो कामको सुरुवात गर्ने बताए । मुसहर संघ सलाहीका अध्यक्ष रितुराज ऋिषीले मुसहर महिलाको नेतृत्वको भूमिकालाई परिवर्तन गर्नको लागि समुदाय, घर परिवार भित्रै बाट उनीहरुको नेतृत्वदायी भूमिका प्रवद्र्धन गर्न प्रयार गर्नुपर्ने बताए ।

वडा नं. ४ का वडा अध्यक्ष राजिव दनुवारले आफुले मुसहर समुदायको हरेक सुख दुखको साथि बन्ने बताए । दनुवारले मुसहर वालवालिकाको जन्म दर्ता गराउन सहयोग गर्ने, दलित बिद्यार्थिहरुलाई बिद्यालयमा पढने बातावरण तयार गर्ने बताए ।
अन्डेफको सहयोगमा साउथ एसीया पार्टनरशिप नेपाल (साप–नेपाल) को आयोजना तथा नेपाल राष्ट्रिय मुसहर संघको सहकार्यमा तालिम संचालन हुदै आईरहेको छ ।

सर्लाहीका बरथहवा, हरिपुर, बस्बरीया र चन्द्रनगर गाँउपालिका मुसहर महिला सशक्तिकरण मञ्चको १५० घर परिवार सदस्यको श्रीमान,सदस्यका ससुरा, देवर, जेठाजु वा दाजु, नन्द, आमाजु वा सासु गरी ७५० जनालाए तालिम संचालन गरीने छ । हरिपुर ८ पिडारीमा पहिलो पटक १० परिवारका समुहका सदस्य, श्रीमान, सासु, ससुरा, देवर, जेठाजु वा दाजु, नन्द, आमाजु गरी ५० जनालाई एकै ठाउमा राखेर तालिम संचालन गरेको हुनाले प्रभावकारी रहेको मुसहर अगुवा श्यामवावु भाझीले बताए ।

तालिममा सहभागीलाई विभिन्न उप समुहमा विभाजन गरेर समाजका हानिकारक सामाजिक मुल्य मान्यता र समाधानका उपाएहरु टिप्पोट गरेर प्रस्तुतिकरण गराउँदै आएको साफ नेपालले जानकारी दिएको छ । यसैगरी विभिन्न तालिममा उपस्थित कीशोरीहरुले २० वर्ष नपुगी विवाह नगर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । तालिम पस्चात सहभागीहरुले घरपरिवारमा निर्णय प्रक्रियामा समान सहभागीता जनाउने, जन्मदर्ता बनाएर विद्यालय भर्ना अभियान संचालन गर्ने र वाल विवाह शुन्य अभियान संचालन गर्ने, जाँड रक्सी सेवन विरुद्ध अभियान संचालन गर्ने प्रतिवद्धता जनाएका छन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.