१० चैत्र २०८०, शनिबार | Email:- [email protected] | [email protected]
नेपाल शिक्षक सङ्घ ईश्वरपुरको विशेष बैठक सम्पन्न – Nigrani Today
ताजा खबरप्रदेश २समाचारस्थानीय

नेपाल शिक्षक सङ्घ ईश्वरपुरको विशेष बैठक सम्पन्न

ईश्वरपुर,६ जेठ । सर्लाहीको ईश्वरपुर नगरपालिकामा नेपाल शिक्षक सङ्घ ईश्वरपुरको विशेष बैठक सम्पन्न भएको छ ।
नेपाल शिक्षक सङ्घ ईश्वरपुरका सभापति सुमनप्रसाद घिमिरेको अध्यक्षतामा विभिन्न निर्णय गर्दै नेपाल शिक्षक सङ्घ ईश्वरपुरको विशेष बैठक सम्पन्न भएको छ ।

ईश्वरपुर नगर महासङ्घको आसन्न अधिवेशनलाई लिएर नेपाल शिक्षक सङ्घले उक्त विशेष बैठक सम्पन्न गरेको हो। नगरको शिक्षक महासङ्घ पदाधिकारीसहितको समिति गठनका लागि नगरभित्रका सम्पूर्ण शिक्षक व्यानरसँग सहमति, संवाद र सहकार्यका माध्यमबाट गठन गर्ने प्रस्ताव नेपाल शिक्षक सङ्घ ईश्वरपुरले अघि सारेको छ ।

नेपाल शिक्षक सङ्घले संवाद कार्य अघि बढाउन नेपाल शिक्षक सङ्घ नगर सभापतिको संयोजकत्वमा एक संवाद समितिसमेत गठन गरेको छ। संवाद समिति सदस्यमा गणेशबहादुर कार्की, रमेश चौधरी, भीमबहादुर खड्का, लक्ष्मी बानियाँ रहेका छन्। शिक्षकको पेसागत हकहित संरक्षण र ईश्वरपुर नगरको शिक्षाको समग्र विकासका लागि नगर महासङ्घ गठन गर्न आवश्यक रहेको सङ्घका सभापति घिमिरेले बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.