६ जेष्ठ २०८१, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
रामअ‍ौतार लक्षिया माध्यामिक विद्यालयको अभिभावक भेला सम्पन्न – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

रामअ‍ौतार लक्षिया माध्यामिक विद्यालयको अभिभावक भेला सम्पन्न

सर्लाही,१३ जेठ ।सर्लाहीको हरिपुर नगरपालिका वडा नम्बर १ हजारबिघामा रहेको पाँच कुमार रामअ‍ौतार लक्षिया माध्यामिक विद्यालयको शनिबार अभिभावक भेला सम्पन्न भएको छ। अभिभावक भेलाले विद्यालय व्यवस्थापन समितिका लागि चार जना अभिभावकलाई सदस्यमा छनौट गरेको विद्यालयका शिक्षक बेदप्रसद गौतमले जानकारी दिनुभयो।

अभिभावक भेलाले मानबहादुर गोले ,अरुण गौतम , दुर्गा सुवेदी र सोनी इराकीलाई विद्यालय व्यवस्थापन समितिको सदस्यमा छनौट गरेको हो। नौ सदस्यीय विद्यालय व्यवस्थापन समिति रहने नगर शिक्षा नियमावली अनुसार वडा सदस्यमा निर्वाचित जनप्रतिनिधि एकजना, नगरपालिकाबाट तोकिएको शिक्षासेवी एक जना ,विद्यालयलाई आर्थिक सहयोग गर्ने चन्दादाता एक जना र विद्यालयका दुई जना शिक्षक गरि नौ सदस्य व्यवस्थापन समिति गठन हुने हरिपुर नगरपालिका अन्तर्गत शिक्षा शाखाका संयोजक नागेश्वर रायले जानकारी दिनुभयो ।

शिक्षा शाखा संयोजक रायको संयोजकत्वमा भएको अभिभावक भेलामा वडाध्यक्ष नानी बाबू थापा, विद्यालयका प्रअ विनोद मिश्र,विद्यालयका पूर्व व्यवस्थापन समितिका अध्यक्ष कुमार ढुङ्गेल ,गुञ्जबहादुर बलम्पाकी, नेकपा एमालेका जिल्ला सचिव केदार खत्री , काँग्रेसका वडा सभापति रेशम खड्का ,माओवादी केन्द्रका वडा संयोजक होमराज काफ्ले , समाजसेवी धुब्र थापा ,पुर्ण विष्ट ,नेवालाल महतो,एकबहादुर गुरुङ लगायतको सहभागीता रहेको थियो ।भेलमा वडा अध्यक्ष थापाले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि स्थानीय सरकारको रुपमा रहेको वडाले पूर्ण रुपमा सहयोग गर्ने बताउँदै चाँडै व्यवस्थापन समितिले पुर्णता पाउने बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.