१६ मंसिर २०८०, शनिबार | Email:- [email protected] | [email protected]
जातीय भेदभाव तथा छुवाछुत अन्त्यका लागि चन्द्रनगरमा सहभोजको आयोजना – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

जातीय भेदभाव तथा छुवाछुत अन्त्यका लागि चन्द्रनगरमा सहभोजको आयोजना

अम्बिका बुढाथोकी, चन्द्रनगर
साउन १७ गते ।। सर्लाहीको चन्द्रनगरमा जातीय भेदभाव तथा छुवाछुत विरुद्ध चेतनाको लागि अन्तरक्रियासहित सहभोज कार्यक्रम सम्पन्न भएको छ ।‘जातीय भेदभाव तथा छुवाछुत अन्त्य गरौं, समतामुलक समाज निर्माण गरौं’ भन्ने नाराका साथ नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीले अन्तरक्रिया तथा सहभोजको आयोजना गरेको हो ।

संघका सर्लाही अध्यक्ष राजेश पासवानको अध्यक्षता तथा प्रदेश सांसद शकुन्तलादेवी रामको प्रमुख आतिथ्यतामा आयोजना गरिएको सहयोग कार्यक्रममा नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय कोषाध्यक्ष दलित अगुवा गोविन्द पासवनको विशिष्ट आतिथ्यता रहेको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीका जिल्ला कार्यक्रम संयोजक गोविन्द पासवानले जानकारी दिनुभयो ।

सहभोज अघि भएको अन्तरक्रिया कार्यक्रममा बोल्दैहुँदै प्रमुख अतिथी प्रदेश सांसद शकुन्तलादेवी रामले सहभोज कार्यक्रमले दलित भित्रको अन्तर विभेदलाई अन्त्य गरी दलितलाई एकतावद्ध गर्न मदत गर्ने बताउनुभयो । उहाँले जातकै आधारमा कसैले कसैमाथि भेदभाव गर्न नहुने बताउनुभयो । उहाँले जातकै आधारमा कसैले भेदभाव गरे वा अपमान गरे आफूलाई खबर गर्न आग्रह गर्नुहुँदै उहाँले आफूले प्रदेशसभामा जातीय भेदभावको विरुद्धमा जोडदार आवाज उठाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै कार्यक्रममा सम्बोधन गर्नुहुँदै नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय कोषाध्यक्ष दलित अगुवा नेता गोविन्द पासवानले दलितभित्रको छुवाछुतलाई अन्त्य गर्न सहभोज कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले भन्नुभयो,–‘हामी दलितभित्र पनि एकले छोएको अर्कोले नखाने परम्परा छ । यो परम्परा तोड्न नसक्दा सम्म हामी एक ढिक्का हुनै सक्दैनौं र हामी एक ढिक्का नभईकन गैर दलित र राज्यसँग लड्नै सक्दैनौं ।’

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीका अध्यक्ष राजेश पासवानले नेपाली समाजमा सदियौंदेखि विद्यमान जातीय भेदभाव तथा छुवाछुत अन्त्य नगरी समाज सहि दिशामा अघि बढ्न नसक्ने बताउनुभयो । उहाँले समाजमा विद्यमान जातीय भेदभाव तथा छुवाछुत अन्त्य गर्न जनचेतना फैलाउनु आवश्यक रहेकोले आफूहरुले साउथ एसिया पार्टनरशीप९साप नेपाल० सँगको सहकार्यमा चन्द्रनगरमा सहभोज कार्यक्रमको आयोजना गरेको बताउनुभयो । उहाँले सँगै बसेर खाँदा जात जाँदैन, मान्छेले मान्छेलाई भेदभाव गर्नु हुँदैन भन्ने व्यवहारिक सन्देश सहभोज कार्यक्रमले दिने दाबी गर्नुभयो ।

त्यस्तै नेपाल उत्पीडित जातिय मुक्ती समाजका जिल्ला इन्चार्ज रामनरेश मण्डलले नेपालमा जातीय भेदभाव तथा छुवाछुत कसुर ऐन, २०६८ लागू भएको भएपनि त्यो कानूनमा मात्रै सीमित भएको व्यवहारमा लागू नभएको बताउनुभयो ।

त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै साउथ एसिया पाटरसिप९साप नेपालकी प्रतिनिधि लक्ष्मी पासवानले आफूहरुले चन्द्रनगरसहित चार ओटा पालिकामा विगत चारवर्षदेखि मुसहर सशक्तिकरणका लागि काम गरिरहेको जानकारी दिईन् । उहाँले सहभोज कार्यक्रमले दलित समुदायभित्र रहेको अन्तर छुवाछुत अन्त्य गर्नमा सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रममा प्रदेश सांसद शकुन्तलादेवी राम, नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय कोषाध्यक्ष गोविन्द पासवान र चन्द्रनगरका विभिन्न वडाबाट भेला भएका मुसहर, चामार, तत्मा, पासवान, मण्डल, गिरी लगायतका दलितहरुले संगै बसेर भोज खाएका थिए । सहभोज कार्यक्रममा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघकी कोषाध्यक्ष रेणु पासवान, साप नेपालका प्रतिनिधि मनोज पासवान, नेपाल दलित सेवा समाज मलंगवाका अध्यष हेमन पासवान, श्री अच्छेश्वर प्रावि चन्द्रनगरका प्रधानाध्यापक प्रमोद पासवानको सहभागिता रहेको थियो ।

त्यस्तै सहभोज कार्यक्रममा दलित अगुवाहरु रामहुलास राम, सोगारथ पासवान, विल्टु पासवान, रामबहादुर राम, कामेश्वर पासवान, विरेन्द्र पासवान, पुनित पासवान, विरेन्द्र मण्डल, फेकु पासवान, नेपाल प्रहरीका असई मुन्न पासवान, पत्रकार राकेश गुप्ता, सोम दियाली विश्वकर्मा, गायक सन्तोष दाहाल लगायतको सहभागिता रहेको जिल्ला कार्यक्रम संयोजक गोविन्द पासवानले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.