११ फाल्गुन २०८१, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
अस्थाई व्यवस्थापन समिति खारेज गरी नयाँ समिति गठनको माग गर्दै विद्यार्थीहरुले बलरामा गरे चक्काजाम – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

अस्थाई व्यवस्थापन समिति खारेज गरी नयाँ समिति गठनको माग गर्दै विद्यार्थीहरुले बलरामा गरे चक्काजाम

सर्लाही। सर्लाहीको बलरा नगरपालिका वडा नं ४ स्थित रामसखी मोहित सिंह जनता मावि का विद्यार्थीहरुले आन्दोलन थालेका छन्। अस्थाई व्यवस्थापन समितिलाई खारेज गरी नयाँ समिति गठनको माग गर्दै विद्यार्थीहरुले बुधवार विद्यालयमा तोडफोड गर्नुको साथै विद्यालयमा तालाबन्दी समेत गरेका थिए ।

विद्यार्थीहरु तालाबन्दी पश्चात बलरा बजार बन्द गराइ टायर बालेर प्रदर्शन समेत गरेका थिए ।विद्यार्थीहरुले आज बलरा बजारलाई बन्द गरि पुरै ठप्प पारेका छन्। विद्यालयका व्यवस्थापन समिति अध्यक्ष सुनिल कुमार सिंहले केही व्यक्तिहरु विद्यार्थीलाई उक्साएर घृणित कार्य गरेको बताउनुभयो । आफुहरु अस्थाई समिति भएको हुदाँ नयाँ पदाधिकारी आए स्वत पद छोडने प्रावधान भए पनि देवेन्द्र सिंहले विद्यार्थीलाई उक्साएर यस्तो कार्य गरेको आरोप लगाउनुभयो ।

बलराका नगर प्रमुख रामाशंकर कुशवाहाले पनि केही व्यक्तिले विद्यालय जस्तो पवित्र ठाउँमा गलत राजनिति गरेको बताउनुभयो ।
यस्तै विद्यार्थीहरुले डेक्सबेन्च पनि तोडफेड गरेको छ । विद्यार्थीहरु बिहान ११ बजे देखि आन्दोलित भएका थिए । दिउसो ३ बजे बाट बलराको अवस्था समान्य बनेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button