
सर्लाही,२८ भदौ । सर्लाहीको हरिपुर्वा नगरपालिकामा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको छ । वर्लड भिजन इन्टरनेशनल नेपाल, राष्ट्रिय रोजगार प्रर्वद्धन केन्द्र तथा हरिपुर्वा नगरपालिकाको साझेदारीमा संचालित एकिकृत पोषण तथा उत्थानशिल जिविकोपार्जन परियोजना अन्तर्गत विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको छ । यूपीजी मोडेल अन्तर्गत हरिपूर्वा नगरपालिकाको वडा नम्बर ३,८ र ९ को यूपीजी ग्रेजुएशन क्राईटपेरियामा परेको एक सय सात यूपीजी सदस्यलाई बिहिवार एक कार्यक्रमका बिच हरिपूर्वा नगरपालिकाको नगर प्रमुख विनोद कुमार साह तथा राष्ट्रिय रोजगार प्रर्वद्धन केन्द्रको कार्यकारी निर्देशक शिवजी प्रसाद साहले दोशाला ओढाइ प्रमाणपत्र दिएर सम्मान गर्नुभएको छ ।
कार्यक्रम सञ्चाल भएको २०२० देखी हाल सम्म यो कार्यक्रम मार्फत हरिपुर्वा नगरपालिका भित्र रहेको विभिन्न वडाहरुमा करिब छ सय अति विपन्न घर परिवारलाई व्यपार व्यवसायमा सहयोग गरेको छ । त्यस्तै करिब ४ सय घर परिवारलाई कृषि क्षेत्रमा सहयोग हुने उद्देश्यले कृषि यन्त्र सहित विभिन्न समाग्रीहरु सहयोग गरिएको राष्ट्रिय रोजगार प्रर्वद्धन केन्द्रका फिल्ड अफिसर राम शुसिल महतोले जानकारी गराए ।
यो कार्यक्रम मार्फत समाजिक सुरक्षा,जिविकोपार्जन प्रर्वद्दन,वित्तिय समावेशिकरण तथा समाजिक सश्क्तिकरणको सावालहरुमा विभिन्न क्रियाक्लापको माध्यमले स्थानिय पिछडिएको वर्गहरुलाई गरिबी बाट माथी उठाउनमा सहयोग गरिदै आइरहेको छ ।
यूपीजी सदस्यहरुको सम्मान कार्यक्रममा संस्थाको तर्फबाट भुमा पञ्चकोटीले स्वागत मन्तव्य राख्नु भएको थियो , भने कार्यक्रमको उद्देश्यको बारेमा कार्यक्रम संयोजक सुप्रमा पौडेलले सहभागीलाई जानकारी गराउनुभयो । कार्यक्रमको आतिथीहरुमा हरिपूर्वा नपा ८ को वडाध्यक्ष रामेश्वर राय तथा वडा ३ को वडाध्यक्ष रामप्रमोद राय सहित कार्यपालिका सदस्य,वडा सदस्य, पशु शाखा प्रमुख,कृषि शाखा प्रमुख सहितको उपस्थिती रहेको थियो ।