१६ मंसिर २०८०, शनिबार | Email:- [email protected] | [email protected]
सितोरियो करातेको ग्रेडिङ सम्पन्न, जुनियर खेलाडीहरुको उत्साहजनक सहभागीता ।” – Nigrani Today
खेलकुदताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

सितोरियो करातेको ग्रेडिङ सम्पन्न, जुनियर खेलाडीहरुको उत्साहजनक सहभागीता ।”

भक्ती रिजाल
सर्लाही । हरिवन नगरपालिका वडा नम्बर ८ मा रहेको सितोरियो कराते डोजोले आज कार्यक्षमता जाँच `अर्थात, जुनियर ग्रेडिङ कार्यक्रम सम्पन्न गरेको छ ।

“रास्ट्रका लागि खेलकुद- स्वास्थ्यका लागि खेलकुद, भन्ने नारालाई आत्मसाथ गर्दै हरेक तीन महिनामा सन्चालन हुने ग्रेडिङ अर्थात (परीक्षा) सम्पन्न भएको प्रशिक्षक कान्छामान बोम्जनले जानकारी दिनु भयो ।

प्रत्येक दिन बिहान एक घन्टा हुने प्रशिक्षणमा पचास जना प्रशिक्षार्थी सहभागी हुने गरेका बोम्जनले जानकारी दिनुभयो ।

हरिवन नगरपालिका वड नम्बर ८ को आर्थिक सहयोगमा संचालित ग्रेडिङ कार्यक्रमको प्रमुख अतिथि वड नम्बर ८ का अध्यक्ष प्रज्ज्वल ढुंगाना रहनुभएको थियो ।

जनजागृती माबि बेतालीको चौरमा भएको ग्रेडिङ कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद सदस्य गीता थारु योन्जन लगायत खेलाडीहरुको सहभागिता रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.