९ फाल्गुन २०८१, शुक्रबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
हरिपुर्वा नगरपालिकामा नगर अस्पताल संचालन, स्थानीय खुसी – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

हरिपुर्वा नगरपालिकामा नगर अस्पताल संचालन, स्थानीय खुसी

सर्लाहीको हरिपुर्वा नगरपालिकामा नगर अस्पताल संचालन भएको छ । करोडौको लागतमा नगर अस्पताल संचालन भएपछी स्थानीय खुसी भएका छन। नगर अस्पतालको हरिपुर्वा नगर प्रमुख बिनोद साहले आज उद्घाटन गर्नुभयो ।

अस्पताल संचालन भएपछी हरिपुर्वा वासीले अब सरल रुपमा उपचार लिने भएको छ । नगर अस्पतालमा एम बिबि एस डाक्टर राजिव कुमार यादवबाट सेवा प्रदान गरिने छ भने रेडियाग्राफर, गुणस्तरीय ल्याब, मुख तथा दन्त लगायत विभिन्न सेवा अस्पतालमा प्रदान गरिने भएको छ ।

यश अघि स्थानीयहरु समान्य बिरामी परेपछी महोतरी, भारतमा भएको अस्पताल, मलंगवा , जनकपुर, बिरगंज लगायतको ठाउमा उपचार गराउन जाने गरेको नगर अस्पतालले जनाएको छ ।

नगर प्रमुख साहले यो अस्पतालको २०६९ साल करिब १२ वर्ष पहिले शिलान्यास गरिए पनि भवन निर्माण हुदा पनि अस्पताल संचालन नभएको बताउनुभयो । हरिपुर्वाको जनप्रतिनिधिको अथक मेहनत प्रयासले १५ शैयाको नगर अस्पताल आज संचालन भएको छ । यो अस्पतालमा गुणस्तरीय सेवा प्रदान गर्न आफुले हर सम्भव प्रयास गर्ने मेयर साहले बताउनुभयो । नगर प्रमुख साहले आफ्नो कार्यकाल ३ वर्ष बितिसकेको हुदा यो कार्यकालमा शिक्षा क्षेत्र लगायत अन्य विभिन्न विकास निर्माण कार्य भएको छ । विधालय भवन उल्लेख्य मात्रामा निर्माण कार्य भएको बताउनुभयो । शिक्षा, स्वास्थ्य, कृषि र बाटोघाटोको विकास गर्न आफुले पहिलो प्राथमिकतामा राखेको उहाले बताउनुभयो ।

आफनै कार्यकालमा हरेक किसानको खेत खेतमा पुग्ने गरि सिचाइ व्यवस्थापन गर्ने उहाले दावी गर्नुभयो ।हरिपुर्वामा निःशुल्क एम्बुलेन्स सेवा सुचारू गर्न मेयर साहले प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र साहलाई निर्देशन समेत दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले आधारभुत स्वास्थ्य सेवामा सबै नागरिकको पहुच हुने राज्य व्यवस्थाले गरेको हुदा हरिपुर्वा नगर अस्पताललाई व्यवस्थित गर्न उहाले नगर प्रमुख साहलाई अनुरोध गर्नुभयो ।

जग्गा दाता बिनोद साहले नगर अस्पताल संचालनले महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभयो । उहाले अस्पताललाई व्यवस्थित तथा गुणस्तरीय सेवा प्रवाह गर्न आग्रह गर्नुभयो ।

यसैगरी अस्पताल निर्माणकार्यको लागि जग्गा दान गर्नुभएको हिरावन साह,ईन्दु देवी साह, जालधारी प्रसाद साह,काशी साह र कैलाश साहलाई कदर पत्र सहित मायाको चिनो प्रदान गरिएको छ । सम्मान पत्र नगर प्रमुख बिनोद साह तथा उपप्रमुख सुमिन्त्रा देवी ग्वारीणले हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा वडा नं १ देखि ९ सम्मका वडा अध्यक्ष , कार्यपालिका सदस्यहरु, जग्गा दाता, तथा स्थानियको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button