२४ भाद्र २०८२, मंगलवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
जेनजि प्रदर्शन : बरहथवा नगरपालिकामा आगजनी सहित तोडफोड – Nigrani Today
ताजा खबरमधेश प्रदेश

जेनजि प्रदर्शन : बरहथवा नगरपालिकामा आगजनी सहित तोडफोड

सर्लाही, भदौ २४ । सर्लाहीको ग्रामिण बस्ती देखि सहर सम्म जेनजि प्रदर्शनकाका कारण सर्लाही तातिएको छ । सर्लाहीको मुख्य व्यपारीक ठाउँहरु त्था ग्रामिण बस्तीमा पनि बिहानै देखि युवाहरु आन्दोलन गरिरहेको छ ।

सर्लाहीको लालबन्दी, हरिवन, बयलबास, बरहथवा, कविलासी, मलंगवा, हरिपुर्वा, गोडैता लगायत अधिकांश ठाउँमा प्रदर्शनकारीहरुले प्रदर्शन गरिरहेका छ ।

यस्तै सर्लाही सदरमुकाम मलंगवामा नेकपा एमालेको कार्यलयमा प्रदर्शनकारीहरुले तोडफोड गर्नुको साथै आगजानी समेत गरेका छन । यसैक्रममा बरहथवा नगरपालिकामा पनि प्रदर्शनकारीहरुले आगजनी सहित तोडफोड गरेको छ ।

आक्रोशित युवाहरुले कार्यालयमा राखिएको मोटरसाइकल लगायत कार्यालय सञ्चालनको लागि राखिएको विभिन्न सामगी्र पनि तोडफोड गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button