२ आश्विन २०८२, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
जेनजी प्रदर्शनपछि खुलेको पहिलो कारोबार दिन शेयर बजारमा तेस्रो पटक नकरात्मक सर्किट – Nigrani Today
अर्थ वाणिज्यसमाचार

जेनजी प्रदर्शनपछि खुलेको पहिलो कारोबार दिन शेयर बजारमा तेस्रो पटक नकरात्मक सर्किट

तेस्रो पटक नकारात्मक सर्किट लागेसँगै आजको शेयर कारोबार रोकिएको छ । गएको भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनपछि खुलेको पहिलो कारोबार दिन शेयर बजारमा तेस्रो पटक नकरात्मक सर्किट लागेको हो ।

सेयर बजार खुलेको तीन मिनेट नबित्दै चार प्रतिशतले घटेर सर्किट ब्रेक लागेको थियो । २० मिनेट बजार बन्द भएर खुलेको एक मिनेट मै बजार थप एक प्रतिशतले घट्यो । यो अवधिमा कुल पाँच प्रतिशतले घटेपछि बजारमा दोस्रो सर्किट ब्रेक लागेको हो । ४० मिनेट रोकिएर खुलेको शेयर बजार थप एक प्रतिशत घटेर कुल ६ प्रतिशतको गिरावटपछि सर्किट लागेर आजको कारोबार नै रोकिएको छ ।

दोस्रो सर्किटबाट खुलेको शेयर बजार तीन घण्टा भित्रमा ६ प्रतिशतले घटबढ भएमा दिनभरको लागि कारोबार स्थगन हुने नियम छ । आज शेयर बजार एक सय ६० दशमलव ३३ अङ्कले घटेर दुई हजार पाँच सय ११.९१ विन्दुमा झरेको छ ।

आज ७२ करोड ८७ लाख रुपैयाँको कारोबार भएको छ । आज ११ वटा कम्पनीको शेयर मुल्यमा नकारात्मक सर्किट लाग्यो । यस्तै २१ वटा कम्पनीको शेयर नौ प्रतिशत भन्दा धेरैले घटेको छ । आज व्यापार समूह नै नौ प्रतिशत भन्दा धेरैले घट्यो । होटल, लगानी र अन्य समूहमा पनि सात प्रतिशत भन्दा धेरैको गिरावट आएको छ । स्रोत :- उज्यालो अनलाईन

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button