१८ कार्तिक २०८२, सोमबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
बाढीपीडितलाई राहत एवं मुअब्जा दिनुपर्ने माग गर्दै आजपाले बुझायो ज्ञापनपत्र – Nigrani Today
ताजा खबर

बाढीपीडितलाई राहत एवं मुअब्जा दिनुपर्ने माग गर्दै आजपाले बुझायो ज्ञापनपत्र

रौतहट, १७ कात्तिक । आम जनता पार्टी (आजपा)ले बाढीपीडित किसान एवं सर्वसधारणलाई राहत तथा मुअब्जा उपलब्ध गराउन प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारसंग माग गरेको छ ।

आजपा रौतहट क्षेत्र नंं. १ क्षेत्रिय कमिटीले आज (सोमबार) रौतहट जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयलाई ज्ञापनपत्र बुझाउदै बाढीपीडितलाई न्याय र किसानलाई राहत तथा मुअब्जा उपलब्ध गराउन माग गरेको छ ।

रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी किरणनीति तिवारीलाई आजपाले ज्ञापनपत्र बुझाउदै बाढीपीडितलाई न्याय तथा किसानलाई राहत एवं मुअब्जा उपलब्ध नगराए आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ ।

आजपा निकट आम उधोग बाणिज्य संघका केन्द्रीय अध्यक्ष एवं नेता साजन जयसवालको नेतृत्वमा ज्ञापनपत्र बुझाउन गएको टोलीले आफूहरुको माग यथासिघ्र सम्बोधन गर्न माग गर्दै किसान एवं सर्वसधारणलाई न्याय दिने कार्यमा ढिलाई भए आन्दोलनमा उत्रिने चेतावनी दिएको हो ।

‘हालैको बाढी र अबिरल वर्षाका कारण जिल्लाका विभिन्न गाउँहरू डुबानमा परेका छन् । धेरै किसानहरूको खेतबारी, बाली, घर र पशु सम्पत्ति नष्ट भएको छ । बाढीपीडितहरू अस्थायी टहरामा बस्न बाध्य भएका छन् र खाद्यान्न, लत्ताकपडा र औषधिको अभावमा कष्टकर जीवन व्यतित गर्दैछन् । यस्तो अवस्थामा सरकारले न्याय दिनुपर्ने हाम्रो माग हो,’ आजपा सचिवालय सदस्य समेत रहेका जयसवालले जनाएका छन् ।

यस गम्भीर परिस्थितिमा आम नागरिकको पीडा र किसानको दुःखलाई सम्बोधन गर्न आजपाले “बाढीपीडित राहत र किसान मुआब्जा पदयात्रा” कार्यक्रम सञ्चालन गरेको थियो ।

बाढीपीडित परिवारलाई तत्काल खाद्यान्न, लत्ताकपडा र स्वास्थ्य सामग्री वितरण गर्नुपर्ने, क्षति पुगेका किसानहरूलाई उचित मुल्यांकन गरी तत्काल मुआब्जा दिनुपर्ने, प्रभावित क्षेत्रमा कृषि ऋण स्थगन र ब्याज माफीको व्यवस्था गर्नुपर्ने, बाढी नियन्त्रण र राहत वितरणमा पारदर्शिता सुनिश्चित गर्नुपर्ने माग आजपाको छ ।

यसैगरी दीर्घकालीन समाधानका लागि नदी तटबन्ध र जलनिकास प्रणाली सुधार गर्नुपर्ने लगायतका माग आजपाले सरकारसंग गरेको छ । आजपा नेताहरु अमित साह, श्रीभगवान पटेल, अनिल झा, जयलाल महतो, दिनेश सहनी, कात्र्तिक जयसवाल, राजेश साह, महेश यादव लगायतका नेता जिल्ला प्रशासन कार्यालय गौरमा ज्ञापनपत्र बुझाउन पुगेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button