३० कार्तिक २०८२, शनिबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
रौतहटमा एमालेका निर्वाचित वडा अध्यक्ष आजपामा प्रवेश गरे – Nigrani Today
ताजा खबर

रौतहटमा एमालेका निर्वाचित वडा अध्यक्ष आजपामा प्रवेश गरे

रौतहट, २९ कात्तिक । नेकपा (एमाले) र जनता समाजवादी पार्टी नेपाल (जसपा) परित्याग गरि नेताहरू आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन् ।

रौतहटको मौलापुरमा आज आयोजित एक कार्यक्रममा एमाले र जसपा परित्याग गरि नेताहरू आजपामा प्रवेश गरेका हुन ।

गुजारा नगरपालिका वार्ड नं ३ का निर्वाचित वड़ाध्यक्ष एंव एमाले नेता गजेन्द्र चौधरी, जसपाबाट सोही वडाको वड़ाध्यक्ष प्रत्यासी उमाशंकर तिवारी लगायतका नेताहरू आजपामा प्रवेश गरेको आजपा सचिवालय सदस्य लालबाबु मंसुरीले जनाएका छन् ।

पार्टी प्रवेश गरेका नेताहरुलाई आजपा अध्यक्ष एंव पूर्वमन्त्री प्रभु साहले टीका, माला, अबिर लगाई उनीहरुलाई पार्टीमा स्वागत गरेका छन् ।

`आज हाम्रो आम जनता पार्टीमा गोलबन्द हुनुभएकोमा सहर्ष हार्दिक बधाई, स्वागत तथा सफल राजनीति भविष्यको शुभकामना व्यक्त गर्दछु´, आजपा अध्यक्ष साहले भने ।

पछिल्लो समय विभिन्न पार्टी परित्याग गरि नेताहरु आजपामा प्रवेश गरिरहेका छन । मकवानपुर, कास्की, तनहुँ, धादिङ, रुपन्देही लगायतका जिल्लामा आयोजित कार्यक्रममा नेताहरू आजपामा प्रवेश गरेका थिए । मकवानपुरको हेटौंडामा एकदिन अघि नेकपा एकता राष्ट्रिय अभियानको सिंगो कमिटी नै आजपामा समाहित भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button