
सर्लाही,१५ मंसिर । सर्लाहीको हरिपुर नगरपालिकामा स्थित वडा नं ६ मा लक्ष्मीपुरमा रहेको साना किसान सहकारी संस्था लक्ष्मीपुरको १९ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।
साना किसान सहकारी संस्था लक्ष्मीपुरको आयोजना तथा संस्थाका अध्यक्ष गमसैद मंसुरको अध्यक्षतामा भएको साधारणसभामा संस्थाको कारोबार शेयर पुजी २ करोड ५१ लाख १५ हजार ६ सय, कोषहरु २ करोड ६४ लाख ६५ हजार १ सय ९४, कुल निक्षेप १८ करोड २२ लाख ६९ हजार ३ सय, लगानीमा रहेको बाँकी कर्जा ३० करोड ४७ लाख ३० हजार ८ सय २१, स्थायी सम्पत्ति २ करोड ५९ लाख ९२ हजार ६ सय ९९ तिर्नुपर्ने बाँकी ऋण १४ करोड ५९ लाख ९८ हजार ४ सय ५४ प्रस्तुत गरिएको थियो ।
यसैगरी साना किसान सहकारी संस्था लक्ष्मीपुरले २०८१ साउन १ गतेदेखि २०८२ असार मसान्तसम्म मा १ करोड ७ लाख ९ हजार १ सय ६४ रुपैया १८ पैसा मुनाफा गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि तथा हरिपुर नगरपालिकाका मेयर गोपाल पजियारले साना किसान सहकारी संस्था लक्ष्मीपुरले शेयर सदस्यको लागि उदाहरणीय कार्य गरेको बताउनुभयो । उहाले संस्थाले व्याजदर ७ प्रतिशतमा झारेर सराहनीय कार्य गरेको बताउनुभयो । किसानहरू बैंकमा ऋण लिन जादा धेरै नै दौडधुप गर्ने गरेको र बैंकले १४ प्रतिशत सम्म ब्याजदर लिने गरेको समयमा साना किसान सहकारीले ७ प्रतिशतमा ब्याजदर झार्नु भनेको किसानहरूको लागि खुसिको खवर भएको नगर प्रमुख पजियारले बताउनुभयो ।
साना किसान सहकारी संस्था लक्ष्मीपुरले खास गरि कृषि उत्पादन, पशुपालन, व्यापार व्यावसाय र तरकारी उत्पादनमा कर्जा लगाउने गरेको संस्थाका प्रबन्धक अजय कुमार चौधरीले जानकारी दिनुभयो ।



