१६ पुष २०८२, बुधबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
ईश्वरपुर नगरपालिका वडा नं। १० बालविवाह मुक्त वडा घोषणा – Nigrani Today
ताजा खबरसमाचारसमाजस्थानीय

ईश्वरपुर नगरपालिका वडा नं। १० बालविवाह मुक्त वडा घोषणा

सर्लाही । ईश्वरपुर नगरपालिका वडा नं। १० लाई आज एक विशेष कार्यक्रमको आयोजना गरी बालविवाह मुक्त वडा घोषणा गरिएको छ।

वडा अध्यक्ष तथा वडा स्तरीय बाल अधिकार समितिका अध्यक्ष श्री रास नारायण चौधरीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नगर उप–प्रमुख श्रीमती रञ्जिता देवी चौधरीको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा साझेदार संस्था सेभ द चिल्ड्रेन तथा ग्रामीण नारी उत्थान संघ, हरिपुरका उपाध्यक्ष श्री विष्णु चालिसे, सचिव श्री सूर्यप्रसाद चालिसे, नगरपालिकाका विभिन्न शाखाका शाखा प्रमुखहरू, यस वडाका पूर्व जनप्रतिनिधिहरू, वर्तमान निर्वाचित जनप्रतिनिधिहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू तथा सयौँको संख्यामा वडाबासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा नगर उप–प्रमुख रञ्जिता देवी चौधरी, पूर्व वडा अध्यक्ष राज नारायण चौधरी, शिक्षा शाखा प्रमुख दिनेश लुईटेल, साझेदार संस्था ग्रामीण नारी उत्थान संघ, हरिपुर–सर्लाहीका सचिव सूर्यप्रसाद चालिसे लगायतका वक्ताहरूले बालविवाह अन्त्यका लागि समुदायको भूमिका, कानुनी प्रावधान तथा दीर्घकालीन प्रभावबारे आ–आफ्नो धारणा राख्नुभएको थियो।

कार्यक्रमको सञ्चालन स्थानीय शिक्षक राम आश्रय चौधरीले गर्नुभएको थियो भने बालविवाह मुक्त वडा घोषणा कार्यक्रमको प्रतिवेदन ९२०८२० वडा सचिव प्रमेन्द्र कुमार चौधरीले प्रस्तुत गर्नुभएको थियो।

वडा नं। १० लाई बालविवाह मुक्त घोषणा गरिनु बाल अधिकार संरक्षण र सामाजिक रुपान्तरणतर्फको महत्वपूर्ण उपलब्धि भएको सहभागीहरूले बताएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button