२० पुष २०८२, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा ६० केजी गाँजासहित एक व्यक्ति पक्राउ – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

सर्लाहीमा ६० केजी गाँजासहित एक व्यक्ति पक्राउ

सर्लाहीको लालबन्दी नगरपालिका–१, जङ्गल टोलस्थित भित्री सडक खण्डमा प्रहरीले ठूलो परिमाणको प्रतिबन्धित लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। घटनामा प्रयोग भएको एक भारतीय नम्बरको कार र एक मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ।

पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–१, नवलपुरका ३२ वर्षीय नुरहसन साह रहेका छन्। इलाका प्रहरी कार्यालय नवलपुर, सर्लाहीबाट खटिएको चेकिङ टोलीले आज बिहान करिब ५ बजेको समयमा डाबरीबाट लालबन्दीतर्फ जाँदै गरेको बीआर ०२ पीबी २२२६ नम्बरको खरानी रङ्गको मराजो एम–२ कार र बागमती प्रदेश ०६–०२ प १७७० नम्बरको रातो–कालो रङ्गको १२५ सीसी टीभीएस राइडर मोटरसाइकललाई रोक्न खोजेको थियो।

तर, दुवै सवारीसाधन प्रहरीलाई छल्दै तीव्र गतिमा भागेका थिए। सो क्रममा प्रहरीले मोटरसाइकल चालक साहलाई नियन्त्रणमा लिन सफल भएको थियो। प्रारम्भिक सोधपुछका क्रममा साहले भारतीय नम्बरको कारमा प्रतिबन्धित लागुऔषध गाँजा रहेको बताएका थिए।

उक्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लालबन्दीबाट अर्को टोली खटिई भाग्दै गरेको कारको पिछा गरिएको थियो। पिछा गर्ने क्रममा उक्त कार लालबन्दी नगरपालिका–१, जङ्गल टोलस्थित लालबाबु महतोको घरमा ठोक्किएर दुर्घटनाग्रस्त भएको र चालक फरार भएको प्रहरीले जनाएको छ।

प्रहरीले दुर्घटनाग्रस्त कारको सिट पछाडि लुकाइछिपाइ राखिएको अवस्थामा प्लास्टिकले बेरिएका १५ पोका प्रतिबन्धित लागुऔषध गाँजा फेला पारेको छ। बरामद गाँजाको कुल तौल ६० केजी रहेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ।

प्रहरीले बरामद गाँजा, दुर्घटनाग्रस्त कार, मोटरसाइकल र मोटरसाइकल चालक साहलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको छ। साहलाई जिल्ला अदालत सर्लाहीबाट लागुऔषध मुद्दामा ८ दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय लालबन्दीबाट विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button