हरिवनमा स्वास्थ्य कार्यक्रमहरूको समिक्षा गरियो
प्रेमनाथ पौडेल
हरिवन ।सर्लाहीको हरिवन नगरपालिकामा स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समिक्षा गरिएको छ । हरिवन नगरपालिका स्वास्थ्य तथा समाजिक शाखाको आयोजनामा आज गरिएको कार्यक्रममा आ.व.२०८०÷८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको बार्षिक समीक्षा गरिएको छ ।
समिक्षा कार्यक्रममा सासापुर स्वास्थ्य चौकी प्रथम, बर्थिङ्ग सेन्टर नभएका स्वास्थ्य चौकीहरूमध्ये हरिवन स्वास्थ्य चौकी प्रथम र आधारभूत स्वास्थ्य सेवा केन्द्रहरूमध्ये वडा नं. ५ प्रथम भएकोले सम्बन्धित कर्मचारीलाई प्रशंसा पत्र, खादा, टीका र पुरस्कार सहित सम्मान गरिएको स्वास्थ्य शाखा प्रमुख रामबाबु चौधरीले जानकारी दिनुुभयो ।
कार्यक्रममा नगर प्रमुख रमेश बुढाथोकी, नगर उप प्रमुख हरिमाया घलान, प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सापकोटा , सामाजिक विकास समितिका पदाधिकारी, स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत लाल बाबू राय, लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।