७ मंसिर २०८१, शुक्रबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
बचतका बारे सिक्दै खुत्रुकेमा बचत गर्दै बालबालिकाहरु – Nigrani Today
मधेश प्रदेशसमाचारसमाजस्थानीय

बचतका बारे सिक्दै खुत्रुकेमा बचत गर्दै बालबालिकाहरु

महोत्तरी, २४ साउन÷ महोत्तरीको सम्सी गाउँपालिकाका बालबालिकाहरु हप्ताको १ दिने बचतका बारेमा सिक्दै आफूसँग भएको थोरै रकम खुत्रुकेमा बचत गर्न थालेका छन् । बालबालिकालाई सानैदेखि बचत गर्न सिकाउने बानीको विकास गर्न एकिकृत ग्रामिण विकास समाज महोत्तरी र वल्र्ड भिजन इन्टरनेसनल नेपालद्वारा सम्सी गाउँपालिकामा आज साउन २४ गते खुत्रुके वितरण गरिएको छ । संस्थाद्वारा संचालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत ४ सय जना बालबालिकालाई खुत्रुके वितरण गरिएको कुरा संस्थाका फिल्ड अफिसर संजय यादवले जानकारी दिनुभयो ।

सम्सी गाउँपालिकाका वडा नं. १, ३ र ५ का ४ सय जना विपन्न परिवारका बालबालिकाहरुलाई बाल बचत समूहमा आवद्ध गराई हरेक शनिवार ६ हप्ता बाल वित्तिय साक्षरता कक्षा संचालन गरेपछि तिनै बालबालिकाहरुलाई खुत्रुके वितरण गरिएको संस्थाले जानकारी दिएको छ ।

उक्त बाल वित्तिय साक्षरता कक्षामा बचतको महत्व, भविष्यको योजना, पारिवारिक आम्दानी र खर्च, दिगो बचतका लागि बैंक खाता र बिमा आदि ४ प्रकारका मोडुलमा आधारित भई साक्षरता कक्षा संचालन गरिएको कुरा संस्थाका कार्यक्रम ब्यवस्थापक कुमार भण्डारीले जानकारी दिनुभयो ।

आफ्नो नानीले खुत्रुके पाएपछि खुशी हुँदै एक जना अभिभावकले भन्नुभयो “खुत्रुकेमा जम्मा भएको रकम नजिकैको सहकारी संस्थामा खाता खोलेर बचत गरिदिन्छु ।” यसैगरी अर्का अभिभावकले पनि खुशी हुँदै भन्नुभयो “आफ्नो नानीको भविष्यको शिक्षामा हुने खर्चको लागि रकम जम्मा गर्न सजिलो भएको छ ।”

बालबालिकाहरुले खुत्रुकेमा जम्मा गरेको रकमलाई स्थानीय सहकारी तथा बैकिङ संस्थाहरुमा जम्मा गर्नको लागि अभिभावकलाई प्रोत्साहन गर्ने योजना रहेको कुरा संस्थाका फिल्ड अफिसर यादवले बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button