१४ कार्तिक २०८१, बुधबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
मधेस प्रदेश मा जनमत पार्टी प्रवेश गर्ने को लहर बढदै – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचार

मधेस प्रदेश मा जनमत पार्टी प्रवेश गर्ने को लहर बढदै

सर्लाही,२३ भदौ । जनमत पार्टीका केन्द्रिय सदस्य तथा सर्लाही जिल्ला ईन्चार्ज श्रीचन(सुजन) यादवको सक्रियातामा जनमत पार्टी प्रवेश गर्नेको लर्को लागेको छ । आइतवार मात्र उहाँको सक्रियतामा विभिन्न पार्टी परित्याग गरि दर्जनौं नेता कर्याकर्ता जनमत पार्टीमा प्रवेश गरेको छ ।

केन्द्रिय सदस्य यादवको सक्रियतामा समाजसेवी तथा मधेश आन्दोलनकोे समयमा सक्रिय भुमिका निर्वाह गर्नु भएको डा. शंसीका मेहता, बबिता यादव, सर्लाही बाट मेयर प्रत्यशी श्याम बाबु साह ,उमेश पंडित, विराटनगर बाट सन्तोष पुरी, वसन्त बुढाथोकी लगायत दर्जनौं नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेको छ। नवप्रवेशी सम्पुर्ण नेताहरुलाई जनमत पार्टीका केन्द्रिय अध्यक्ष डा. सिके राउतले काठमाडौंमा रहेको पार्टी कार्यालयमा स्वागत गर्नुभएको छ ।यतिबेला सर्लाहीमा मात्र नभइ मधेश प्रदेशमा नै जनमत पार्टीमा प्रवेश गर्नेको लर्को लागेको छ ।

केन्द्रिय सदस्य यादव नेकपा माओवादी परित्याग गरेपछी सर्लाहीमा न्युन संगठन रहेको जनमत पार्टीलाई बलियो बनाउने काम गर्नुभएको छ । उहाले आफ्नो मेहनतले यतिबेला सर्लाही जनमत मय बनाउन सफल भएको जनमत पार्टी सर्लाहीले जनाएको छ ।

उहाँले नेपाली जनताको राजनीतिक, सामाजिक, र आर्थिक हक अधिकारको संरक्षण, विकास र समृद्धि मार्फत देशको समुचित विकास, संघीयता र लोकतन्त्रलाई मजबुत बनाउनु, संविधान संशोधन र न्यायपूर्ण कानूनी व्यवस्था स्थापित गर्न जनमत पार्टीलाई देशकै बलियो पार्टी बनाउन आवश्यक देखिएकोले सोही अनुरुप आफुुले सक्रियता देखाएको बताउनुुभयो ।

नेता यादवको सक्रियतामा नै केन्द्रिय अध्यक्ष डा. राउत कैयौँ पटक सर्लाही आउनु भएको र मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंह समेत आउनु भएको छ । उहाँहरु सर्लाही आउँदा जनमतको संगठन थप मजबुत भएको जनमत पार्टीले जनाएको छ । केन्द्रिय सदस्य श्रीचन यादवले अहिले सम हजारौँ व्यक्तिलाई जनमतमा प्रवेश गराउनुुभएको छ ।

२०८४ को निर्वाचनमा सर्लाहीको २० वटा पालिकाहरु मध्ये केहि पालिकामा जनमतका उम्म्ेदवार नै निर्वाचित हुने देखिएको जनमत पार्टी सर्लाहीले जनाएको छ ।

जनमत पार्टीले आफ्नो भविष्यको राजनीति नेपालमा मधेस र अन्य पिछडिएका क्षेत्रका जनताको हितका लागि समर्पित गरेको हुदाँ अन्य विभिन्न पार्टीमा रहेका नेता कार्यकर्तालाई जनमत आउन नेता श्रीचनले आग्रह समेत गर्नुभएको छ ।

जनमत पार्टी नेपालमा एक नव परिवर्तन गर्ने राजनीतिक दल हो, जनमत पार्टीको मूल उद्देश्य नेपालमा रहेका उपेक्षित र पिछडिएका वर्गहरूको आवाज बुलन्द गर्नु, मधेसका जनताको राजनीतिक, आर्थिक, र सामाजिक अधिकार सुनिश्चित गर्नु, र संविधानलाई न्यायपूर्ण ढंगले कार्यान्वयन गर्नुपर्ने माग राख्नु हो।

पार्टीले आर्थिक सुधार, सामाजिक न्याय, र क्षेत्रीय विकासलाई प्राथमिकता दिने दावी गर्छ। जनमत पार्टीले गएको स्थानीय चुनावहरूमा समेत राम्रो प्रदर्शन गर्दै धेरै स्थानमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरू पठाएको छ। यस पार्टीले शान्तिपूर्ण लोकतान्त्रिक प्रक्रिया मार्फत आफ्ना मागहरूलाई सम्बोधन गर्ने घोषणा गरेको छ र राष्ट्रिय एकताको पक्षधर रहेको बताएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button